Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेका हुन्। १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। मन्त्रिपरिषद विस्तारका लागि छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरूको बैठक बोलाइएको छ। दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाबारे छलफल हुने बताइएको छ। मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। छलफलमा मन्त्रिपरिषद विसतारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ। प्रचण्डलाई प्रतिनिधिसभाका ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका छन्।