Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जमरकट्टेलले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच बिहीबार बिहान भेट भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मरकट्टेलबीच बधाई साटासाट भएको थियो। साथै, बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरुबीच छलफल भएको छ। जम्मरकट्टेलले बागमतीमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। मंगलबार बिहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन्। कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने बताइएको छ।