Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपलाई फर्काउन कानुनी परामर्श

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।
सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी कानून व्यवसायीसँग यसबारे बुझदैछौं । फैसलाको पूर्णपाठ पनि अध्ययन गर्नेछौं । अन्तर्राष्ट्रिय अभ्यास पनि बुझ्नेछौं ।’ नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ । ‘देशको कानूनले यस्तो अवस्थामा सार्वजनिक जिम्मेबारी बहन गर्न रोक लगाएको छ÷छैन बुझ्नेछौं,’ मल्लले थपे, ‘यसबारे आईसीसीसँग पनि समन्वय हुनेछ ।’
सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला बउनी राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए । उजुरी परेको करिव एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट निलम्वन गरेको थियो । बलात्कार आरोपको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
बेरित आदेश बदरका लागि सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गरी अदालतले विहीबार २० लाख धरौटी र थुप्रै सर्तहरु राखेर रिहागर्न आदेश दिएको थियो । अदालतको सो आदेश शुक्रबार कार्यान्वयन भएको छ ।