Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले बाह्रखरीसित भने, उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।
जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ ।
आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल