Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसकारण रामचन्द्रलाई राष्ट्रपतिको चर्चामा ल्याइयो

  • अर्जुन ज्ञवाली

इण्डो/पश्चिमा शक्तिकेन्द्र राष्ट्रपतिमा आफ्नो अनुकुल पात्रको खोजिमा छ । काँग्रेसको योजनामा यो षड्यन्त्रमा प्रचण्ड सामेल भए भने त्यसको केहि समयमै उनी अल्पमतमा पर्नेछन् । यसो भएमा इण्डो÷पश्चिमा दुबै तर्फ सफल हुनेछ । वास्तवमा अहिले भारत र अमेरिका प्रचण्डलाई प्रधानमन्त्री बनाउनेमा थिएन । यसैका आधारमा शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री नदिने अडान राखेका थिए । तर, एमालेको पहलमा प्रचण्ड प्रधानमन्त्री भइसकेपछि भारत र अमेरिकी शक्ति केन्द्र प्रचण्डलाई काँग्रेसलाई विश्वासको मत दिन लगाएर ओली र प्रचण्डबीच टकराव ल्याउन खोजिरहेको छ । आफ्नो अनुकुलको राष्ट्रपति पनि बन्ने अबिश्वसनिय प्रचण्ड सताबाट बाहिरिने बित्तिकै उनको अध्याय पनि समाप्त हुनेछ । राजनीतिमा केपी ओलि पनि चतुर छन् । उनले प्रचण्डबाट रास्ट्रपतिमा धोकाभए प्रयोग गर्ने हतियार जोहो नगरी बसेका छैनन् । प्रधानसेनापती रुकमाङ्गद कटवाल प्रकरणबाट पहिलो दलबाट माओवादी तेस्रो बन्न पुग्यो । त्यतिबेला झलनाथ खनाल, उपेन्द्र यादव, माधव नेपाल सबैले प्रचण्डलाई धोका दिएकै हुन् । पहिला उनलाई कटवाल प्रकरणमा उचाले र सहयोग गर्ने पनि भने तर अन्त्यमा भारत र अमेरिकी पहलमा धोका दिएको कुरा शायद पुष्पकमल दाहालले बिर्सेका छैनन् होला । तत्कालीन नेकपामा माधब नेपाल बोकेर ओलिसँग खेल्न खोज्दा रबि लामिछानेको हैसियतमा आएका छन् । तथापि काँग्रेसले प्रस्ताव गरेको प्रधानमन्त्री पद राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अश्विकार गरिदिएकोले बिश्वासको मत लिँदा असामान्य संख्या देखिएको छ । उनिसँस अब दोहोरो खेल्ने खेलको मार्ग सधैंको लागि बन्द भएकोछ । अब त्यस प्रकारको खेलमा सहभागी भए भने खरानी हुने अन्तिम यात्रा हुनेछ ।
प्रचण्डलाई कुनै पनि अवस्थामा प्रधानमन्त्री दिन अश्विकार गरेको अखिल भारतीय नेपाली काँग्रेसले एमाले–राप्रपाको समर्थनमा प्रधानमन्त्री बनेपछि बिश्वासको मत दिएर खेल्न खोजिरहेको देखिन्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाइ प्रचण्डको सतारोहण रोक्न अन्तिमसम्म प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेस आहिले प्रचण्डमय भैरहेको छ । यतिबेला देशी–विदेशी शक्तिकेन्द्रका अनुचरहरू दरबारहत्याकाण्डसँग अघोषित रूपमा जोडिएका रामचन्द्र पौडेललाई रास्ट्रपतिको रूपमा प्रपोगण्डा गर्न जोडतोडले लागिरहेका छन् । रेबिज लागेको डग प्रवृत्तिका पत्रकार, सञ्चार मिडियाले माहौल बनाउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बुझ्न कठिन छैन । २०५८ जेष्ठ १९ गते भएको दरबार हत्याकाण्डपछि दरबार हत्या गराउने देशीविदेशी शक्तिकेन्द्रको इशारामा दीपेन्द्रले दरबारहत्या गराएको भनेर सबै भन्दा पहिला बीबीसी रेडियोलाई प्रतिक्रिया दिने व्यक्ति रामचन्द्र पौडेल हुन् । पञ्चायतकालमा भृकुटीमण्डपमा राखिएको चिनियाँ स्टलमा माओको फोटो फोरेर चर्चामा आएका रामचन्द्र पौडेल त्यतिबेलैदेखि देशी–विदेशी इन्डो÷पश्चिमा जासुसी केन्द्रमा आबद्ध रहेको कुरा तत्कालीन बाग्मती अञ्चल अञ्चलाधिश त्तेजबहादुर प्रसाइको नेपाल मानबअधिकार सङगठनका बर्तमान अध्यक्ष महामुनिश्वर आचार्यले सम्पादन गरेको आत्मकथामा उल्लेख गरिएको छ । इतिहास कहिल्यै पनि पुरानो रूपमा दोहोरिदैन नयाँ पात्र र नयाँ मोडेलमा दोहोरिन खोज्दछ । चीन भ्रमणबाट फर्केको २८ दिनपछि राजा बिरेन्द्रको परिवारको कत्लेआम गरेको देशीविदेशी शक्तिकेन्द्र र आन्तरिकरूपमा नेपालको बिरेन्द्रको हत्या गर्ने सुरक्षा निकायको हेडक्वाटर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर दरबारहत्या काण्ड गराउने शक्तिकेन्द्र पुनःस्थापना गर्न चाहन्छ । किनकि राष्ट्रपति सेनाको परमाधिपती पनि हुन्छ । यो अवस्थामा बिरेन्द्रको वंशाबिनाश गरेको सैन्यकेन्द्रलाई क्रियाशिल बनाएर इन्डो÷अमेरिकी योजनामा खेल्न सहज हुने आकलनका साथ प्रचण्डलाई काँग्रेसले बिश्वासको मत दिएर खेल्न खोजिरहेको छ । बिगतमा माधब नेपाल बोकेर केपी ओलिसँग खेल्न खोज्दाको परिणाम रबि लामिछानेको हैसियतमा आएका पुस्पकमल दाहालले अब रामचन्द्र पौडेललाई अगाडि सारिएको योजना बुझेनन् भने राजनीतिक आत्महत्या मात्र हुने छैन भौतिकरूपमै सुशील कोइराला जस्तै बनाउन बेर लगाउने छैनन् । पेरुमा गोन्जालोलाई समाप्त नगर्दा सम्म फुजिमोरिलाई सहयोग गरेको सिआइएले गोन्जालोलाई समाप्त गरेपछि फुजिमोरिलाई मानबअधिकार हननको मुद्दामा जेलको कस्टडिमा पु¥याएको थियो । भुराजनिती रूपमा नेपाल चिनलाई बाइपास गरेर जानै सक्तैन ।
राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रचण्डलाई सत्ताच्यूत गर्न नसकेपछि माओवादी भित्रैबाट ४० प्रतिशत संख्या पु¥याएर पार्टी विभाजन गर्ने प्रयत्न पनि नभएको होइन । जनार्दन शर्माको नेतृत्वमा २० जना सांसदहरूको गोप्य भेलामा ६ जना बाहेक कसैले पनि पार्टी विभाजनको पक्षमा मत जाहेर गरेनन् । ६ जना पनि नबोली मौन रहे । सूत्रकाअनुसार, उक्त भेलामा अधिकांश सांसदहरूले मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द, पम्फा भुसाल, देव गुरुङ सहितको पार्टी विभाजनबाट पनि कुनै परिणाम आउन सकेन । बाबुराम भट्टराई पनि योजनाबद्ध रूपमा पार्टी विभाजन गरेर गएका थिए । यसकारण अहिलेको अवस्थामा प्रचण्डविरुद्ध पार्टी विभाजन गरेर जानु भनेको आत्मघात शिवाय केही होइन भन्ने अभिव्यक्ति आएपछि जनार्दन शर्मा मार्फत् माओवादी पार्टी विभाजन गर्ने योजना असफल भएको छ । तीत्पश्चात मात्र काँग्रेसलाई विश्वासको मत दिन लगाएर ओली प्रचण्डबीच टकराव ल्याउन खोजिएको छ । प्रचण्डले हेक्का राख्न जरुरी छ । रामबरण यादव राष्ट्रपति भएको समयमा कटवाल प्रकरणमा शुरुमा क–कसले सहयोग गर्ने आश्वासन दिए, र पछि एक्ल्याए ? तत्कालिन राष्ट्रपति रामवरण यादवले निर्वाचित सरकारले कटवाललाई कारबाही गर्न गरेको निर्णय कसरी उल्टाए ? अहिले काँग्रेसलाई राष्ट्रपति बनाएर कटवाल प्रकरणमा रामवरण यादवको भूमिकाजस्तै भूमिका खेल्न सक्ने पात्रको खोजीमा इन्डो अमेरिकी लबीका सबै क्षेत्रका मानिसहरू क्रियाशील छन् ।
पृथ्वीजयन्तीमा प्रचण्डको दोहोरो चरित्र
अधिकांस दिमागमा अति अहङ्कार बोकेकाहरूलाई यो कुरा तितो लाग्न सक्छ । महाकवी लक्ष्मीप्रसाद देबकोटा र इमान्दार बामपन्थी नेता मोहनचन्द्र अधिकारीले हिन्दू धर्म–सस्कृतिको अनुशरण सहित कम्युनिष्ट आन्दोलनको औचित्य पुष्टि गर्दा बहुलाहा घोषणा गर्ने रेबिज लागेका कुकुरहरू जस्ता देख्दा मानिस जस्तै देखिने युनिफिकेशन चर्चको होलिवाइन पिउन उर्दी जारीगर्नेहरू अहिले पनि राजनीतिको केन्द्रमा छन् । त्यति मात्र होईन पृथ्वीनारायण शाह काल्पनिक पात्र हुन भन्नेदेखि थुक्ने रेबिज प्रवृत्तिका मानिसहरू पनि छन । नत रेबिज लागेको कुकुरको कुनै उपचार सम्भव छ नत युरो पश्चिमा दानापानीमा पालिएका रेबिज पत्रकार बुद्धिजीवी कथित पहिचानबादी भन्नेहरूसँग तर्क र बिचारको बहसको औचित्य छ । इतिहासमा नालन्दा, तक्ष्यशिला जस्तै बाराणसी बनारस शिक्षाको केन्द्र थियो । तत्कालीन अवस्थामा नालन्दा र तक्ष्यशिलामा मुस्लिम आक्रमणका कारण ठूलो बौद्धिक सम्पत्ति गुमाउनु प¥यो । पछिल्लो चरणमा त्यो स्थान बनारसले लियो । तर बिडम्बना बनारसको बिश्वनाथ मन्दिरको नामबाट बिश्वेश्वरप्रसाद कोइराला नाम राखिएका ब्यक्ति बिपि कोइराला जसले नेपालको पशुपतिनाथ उखेल्नु पर्छ भन्ने अभिव्यक्ति दिए । अर्का कम्युनिष्ट आवरणमा देखिएका पुस्पलाल बादरबाट मानिस बन्यौं हामी बादरका सन्तति हौं भनेर बनारसबाट बादर स्कुलिङ उत्पादन गरे । बनारसबाट बिपि र पुस्पलाल भन्दै आएको मानिस होस् या पछिल्लो चरणमा माओवादी बनेर निर्दोष मानवको हत्या गर्दै राजनीतिक आवरणमा आएका अपराधीहरू यिनिहरू सुध्रिनु र रेबिज लागेको कुकुर लाई उपचार गर्नु लगभग उस्तै उस्तै हो । कुलतमा लागेको मानिसलाई नशाबाट अलग गर्न सकिन्छ तर रेबिज लागेको कुकुरको जस्तो दुसित बिचार बोकेकाको उपचार सम्भव छैन । एकातर्फ सरकारले ३०१औ पृथ्वी जयन्तीको सार्बजनिक बिदा दिएकोछ भने अर्को तर्फ प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टीका नेता बर्षमान पुन पृथ्वीनारायण शाह बिरोधि क्रार्यक्रममा सरिक हुन्छन् । नत बनारसजस्तो पबित्र भुमीबाट पुस्पलालले बादरका सन्तानहौ भनेर घोकाएको र उसलाई महान् भन्ने मानिसमा सुधार हुन्छ नत बिपि कोइरालालाई महामानव भन्नेहरू । यिनिहरू र रेबिज लागेको कुकुरमा तात्विक भिन्नता छैन । कतिपय मानिसहरूमा सुधारको सम्भावना रहन्छ । मुर्ख कालिदास पछि महान कवि बन्नुभयो । यसैगरी रत्नाकर डाकु वाल्मीकि ऋषि बनेको इतिहास छ । तर बाराणसीबाट पुस्पलाल र बिपिको बादर स्कुलिङबाट आएका राजनीतिक कार्यकर्ताहरू र चर्चमा बसेर मन्दिरमा पिशाब फेर्दै लुटन हिडेका कथित माओवादी अपराधीहरूमा सुधार ल्याउन सकिँदैन, यिनीहरूको सँगतबाट नयाँ पुस्तालाई जोगाउनु आहिलेको आवश्यकता हो । रेबिज लागेको कुकुरको ¥याल जति मानबको लागि हानिकारक छ त्यतिनै बनारसबाट बिपि पुस्पलाल भनेर आएकाहरू र कथित माओवादी अपराधीहरूको सँगत र दुसित बिचार बोकेकाहरू हानिकारक छन ।