Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फजुल खर्च कटौती गर्दै सशस्त्र

 

प्रदेशमा अवधि पुगेका डिआईजीहरू कुन दिन हल्चोकले फिर्ता बोलाउँछ भनेर कुरेका छन् । सशस्त्र प्रहरी फोर्सले हिजो आफ्नो २२औं स्थापना दिवस मनायो । सरकारको निर्देशन मानेर अगाडि बढ्ने त्यो संगठनमा फजुल खर्च रोकेर मितव्ययी भएको सन्देश हिजोको कार्यक्रमले दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाइएको थियो । २२ वर्षअघि स्थापित यो संगठनका बढी महत्व सीमा सुरक्षा, राजश्व छलि र तस्करी नियन्त्रणमा छ । जहाँ सशस्त्रको बीओपी छन् त्यहाँ कडीकडाउ छ । भवितव्य आइपर्ने घटना र उद्दारको क्षेत्रमा सशस्त्र निकै लोकप्रिय छ । भीआईपी सुरक्षा कुटनीतिक नियोग र सीमा क्षेत्र यसका आधार क्षेत्र भएका छन् । अहिले फौजमा राजनीतिक हस्तक्षेप नगर्ने विश्वास सरकारले दिलाएको छ । वृद्धि विकास, पुरस्कार जस्ता कुरा क्षमता, कार्यकुशलता जोडिएको यो संगठनमा ४ डिआईजी पद खाली छन् । त्यो पदमा पुग्न जहाँ २७ जना एसएसपीहरूको प्रतिस्पर्धा भए पनि ३० वर्षे सेवा र उमेरका कारणले मेरो बढुवा हुनुपर्छ भन्ने आकांक्षी घट्दा छन् । उमेर बाँकी छँदै डिआईजी भएका अवधिमै घर जानु पर्ने बाध्यता भएकाले यस्तो स्थिति आएको हो । तर संगठनले खाली भएको दरबन्दी पूर्ति गर्नैपर्छ । त्यो बेला बढुवाका लागि योग्यले बढुवा खान्न भन्न पाउँदैन । आईजीपी राजु अर्यालको योजना भने आफ्नो कार्यकाल विवादरहित बनाउनेमा छ ।