Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल बंगलादेश बैंकद्वारा निःसहाय सेवा सदनलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल बंगलादेश बैंकले निःसहाय सेवा सदनलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शान्तिनगर नयाँ बानेश्वर काठमाडौं स्थित निःसहाय सेवा सदनलाई एक लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निःसहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो ।
यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराइन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


सम्बन्धित समाचार