Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धनमा खटपट

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले भने सहमतिअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने दबाब दिएका थिए । प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लकाअनुसार गृहमन्त्रालय रास्वपालाई नदिने र आफ्नै दलबाट नियुक्त गर्ने प्रचण्डको तयारी छ । आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको थियो । दाहालले राष्ट्रपतिमा पनि एमालेलाई सहयोग गर्न नसकिने आशयको अभिव्यक्ति राखेका थिए । दाहालले २६ पुषमा संसद्मा अभुतपूर्व विश्वासको मत पाएसँगै राष्ट्रपतिमा समझदारी कायम गरिने बताउँदै आएका छन् । उनी राष्ट्रपतिमा कांग्रेसलाई पनि स्विकार्य हुने पात्रको खोजीमा छन् । कांग्रेस र माओवादीका कतिपय नेताहरुले राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई दिन नहुने पक्षमा छन् । उनीहरुले सोहीअनुसार प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा समस्या उत्पन्न भएको छ। दाहाल भने अब एमालेसँगको सहकार्य विस्तारै तोडेर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् ।