Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपतिको खोजी

काठमाडौं। ‘गठबन्धन पनि जोगाउनु छ, गृहमन्त्रालय पनि आफूसँगै राख्नुपर्ने अवस्था छ’, बुधबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँगको परामर्शमा उक्त कुरा भएका हुन्। गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी र पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपालाई दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिइरहेको दबावपछि प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष र महासचिवसँग परामर्श गरेका थिए। प्रचण्ड तत्काल गठनबन्धन तोड्ने पक्षमा पनि देखिँदैनन् भने रास्वपालाई गृहमन्त्री दिन पनि तयार छैनन्। गृह मन्त्रीकै विषयलाई लिएर उनी गठबन्धनमा खटपट नहोस् भन्नेतर्फ पनि सचेत देखिएका छन्। तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा सत्ता गठबन्धनमा अविश्वास बढ्ने संकेत देखिएका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा पुस १० मा सभामुख र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। सो सहमति अनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्वाचन कार्यकतालिका तय गरिसकेको छ। विगतका अनुभवलाई हेर्दै प्रचण्ड यो पटक राष्ट्रपतिमा पार्टीप्रति वफादार भन्दा पनि आफ्नो संवैधानिक दायित्वप्रति सचेत रहने राष्ट्रपतिको खोजीमा छन्। प्रचण्ड एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपति हुनुपर्ने पक्षमा रहेको माओवादी निकट स्रोतले जनाएको छ।
अहिले विभिन्न अड्कालबाजी र आशंका व्यक्त भइरहेका छन्,’ प्रचण्ड निकट स्रोत भन्छ, प्रचण्ड यही गठबन्धनलाई निरन्तरता दिँदै पूर्व सहमति अनुसार नै अगाडि बढ्ने योजनामा हुनुहुन्छ। तर राष्ट्रपतिमा भने उहाँले एमालेबाटै सर्वस्वीकार्य व्यक्ति हुनुपर्छ भन्ने उहाँको भनाइ हो।’ माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरिसकेको छ। यसबाट एमाले झस्किएको छ। तर एमाले पनि तत्काल प्रचण्ड सहमतिबाट पछि नहट्नेमा विश्वस्त देखिन्छ। पुस १० को सहमति अनुसार अघि बढ्दा प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री बन्ने निश्चित हुने तर माओवादीले कांग्रेसको उम्मेदारलाई सहयोग गरे माओवादीको हातमा केही पनि नरहने स्थिति आउने भएकाले प्रचण्ड तत्काल गठबन्धन तोडेर अर्को पक्षमा जाने अवस्था नरहेको एमालेको बुझाइ छ।
तर माओवादीभित्र राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई दिन नहुने मत बलियो छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेर माओवादीले ओलीमाथि दबाव बढाएको छ। तर एमालेबाटै सर्वस्वीकार्य राष्ट्रपति बनोस् भन्ने माओवादीको चाहना गरेको छ। मंगलबार पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गृह मन्त्रालयलाई लिएर आफूहरू अहिले पनि सल्लाहमै रहेको बताएका थिए। ‘सकेसम्म गठबन्धन नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दै छौँ,’ उनले भने।’ तत्कालीन गठबन्धनमा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री नदिएपछि गत पुस १० गते अकस्मात सात दलीय गठबन्धन बनेको थियो।