Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविले उधिनेको वास्तविकता

  • अर्जुन ज्ञवाली

महाभारतका कतिपय प्रसंगहरू चरम नास्तिकहरूले पनि बेला बेलामा उल्लेख गर्दछन् । २०७२ वैशाख गएको विनासकारी भूकम्पको समयमा चर्चबाट हामफाल्दा राम÷राम भनेजस्तै हो यी नास्तिकहरूले लिने महाभारतका प्रसंगहरू । अहिले पाँच पाण्डवमध्येका अर्जुन पुत्र अभिमन्युको प्रसंग यसरीनै चर्चित छ । रबि लामिछानेले आफू अभिमन्यु जस्तो होइन चक्रब्यूह तोड्ने अभिव्यक्ति दिएका छन् । अभिमन्यु महाभारतमा सत्यको लडाइँ लडेका थिए । अभिमन्युले धर्मयुद्दको कमाण्डर बनेर युद्ध गर्दा १६ बर्षका थिए । लडाइँका क्रममा अभिमन्यु बाँणहरूको बर्षा फ्याक्दै चक्रब्युहको ढोकैमा पुगे ।

लडाइँका क्रममा अभिमन्युमाथि द्रोणाचार्य, अश्वत्थामा, बृहद्बल, कृपाचार्य, दुर्योधन, कर्ण, कृत बर्मा, शकुनि आदिले आक्रमण गरे । दुर्योधनको आदेशमा अभिमन्यु माथि बध गर्न ६ जना महारथिहरू लागे । उनिहरूलाई परास्त गरेर अभिमन्युले जयद्रथमाथि आक्रमण गरे । युद्धमा अभिमन्युद्वारा कौरब तर्फका १० हजार सैनिक मारिए । यसरी अभिमन्युको शक्ति देखिसकेपछि दुर्योधन आचार्य द्रोण कहाँ पुगे । त्यतिबेला कर्ण पनि त्यहीँ थिए । दोर्णले कर्णलाई भने अभिमन्युलाई मार्न सक्नु साधारण कुरो होइन । उनी अर्जुन पुत्र हुन् । जबसम्म अभिमन्युको हातमा धनु रहनेछ तबसम्म उनलाई देवताहरूले पनि केहि गर्न सक्तैनन् । यसकारण सबैभन्दा पहिला उनलाई शस्त्रास्त्रविहिन तुल्याउने प्रयत्न गर । दोर्णको आदेश अनुसार उनीहरूले चारै तर्फबाट अभिमन्युलाई चक्रब्युहमा पारे । तत्पश्चात् कर्णले आफ्नो प्रस्तक नामक एक वाँण हानेर अभिमन्युको धनु काटिदिए । राजा भोजले उनका घोडा र कृपाचर्यले अभिमन्युका सारथिलाई आक्रमण गरे । युद्धको सामान्य नियम बिपरित दोर्णसहितका ७ महारथिहरूले १६ बर्षका बालक अभिमन्युमाथि बाण प्रहार गरे । जबकि अभिमन्यु निशस्त्र थिए । यसरी युद्धको नियम बिपरित अभिमन्युलाई चक्रब्युहमा पारेर हत्या गरिएको थियोे । जसको बदला पछि पाण्डबहरूले लिए ।

अमेरिकामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकै मोडलमा नेपालमा पार्टी दर्ता गरेर चर्चले ह्विप जारिगरेर अमेरिकी युरोपेली एजेन्डा र मोडेलमा युक्रेनका जेलेन्स्कि जस्तै राजनीतिमा उदायका रबि र पश्चिमा एनजिओ आइएनजिओ पृष्ठभुमिबाट आएका उनको पार्टीका प्रतिनिधिहरू अभिमन्युजस्तो धर्म युद्ध लडेका होइनन्, धर्म बिरोधि हुन् । हो उनको आलोचना गर्ने पत्रकार बुद्धिजीवीहरू पनि उनिजस्तै हुन् । प्रहरी सेना र देशीविदेशी शक्तिकेन्द्रका सिआइडिको काम गरिरहेका पत्रकारहरू र वकिलहरूलाई उनी गृहमन्त्री भएकोले आफ्नो जासुसी जागीरको पोल खुल्ने डरमात्र हो । किनभने गृहमन्त्री भइसकेपछि को कसरी कुन रूपमा गुप्तचरको जागिर गरिरहेको छ त्यो कुरा सबै जानकारी हुन्छ । रवि उपप्रधान तथा गृहमन्त्री बनेपछि नेपाली सेना र नेपाल प्रहरीको गुप्तचरको जागिर खाएर पत्रकारिताको आवरणमा जासुसी गरिरहेकाहरू सबैभन्दा बढी रवि लामिछानेसँग आक्रोश पोखिरहेका छन् ।

उनीहरूको आक्रोश नीति र एजेन्डामा होइन । यसकारण आलोचना गर्ने नैतिक धरातल रवि लामिछानेले गुमाएको भए पनि १२ भाइ पत्रकार र नेपालका सञ्चार मिडियाहरूको बारेमा उनले जे बोले त्यो सही कुरा नै बोलेका छन् । पत्रकार भनेको कुनै छुट्टै संसारको व्यक्ति होइन । यहाँ पत्रकारिता र कानुनी क्षेत्र कथित लोकतन्त्रको आवरणमा असनको साँढे शैलीमा देखिएको अवस्थामा लामिछानेले त्यसको पर्दाफास गरिदिएका मात्र हुन् । उनी पनि पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएको हुनाले अरुभन्दा पत्रकारहरूको बारेमा बढी जानकार छन् ।

लालबाबु पण्डितको कार्ययोजना कार्यान्वयन
रबि लामिछाने नागरिकता प्रकरणले नागरिकता जस्तो विषयमा खेलवाड गर्नु हँुदैन भन्ने सन्देश सबैलाई दिएकोछ । यसमा निर्वाचन आयोग लगायतका संबैधानिक निकायको त्रुटि त्यतिकै जिम्मेवार छ । किनकि रबि भर्खरै समपन्न निर्वाचनमा निर्बाचित प्रतिनिधि हुन् । उनलाई किन र के कारणले निर्वाचन आयोगले हिजो स्वीकृति दियो ? यसकारण रबि मात्र होईन निर्वाचन आयोगका पधादिकारिहरूलाई पनि कारबाही गरिनुपर्छ । जहाँसम्म नेपाली पत्रकारितामा अहिले रबि बिरोधि मिशन चलाइएकोछ यो देशको चिन्ता राष्ट्रियताको रक्षा या कानुनी राज्यका लागी होइन । किनकि बिगतमा कलाकार श्रीसा कार्कीसँग बार्गेनिङ नमिलेपछि उनको निर्बस्त्र फोटो प्रकाशित गरियो । जसको कारण उनी आत्महत्याको तहमा पुगेको घटना सबैका अगाडि छ । यसप्रकारका अपराधी र अपराधीका मतियारहरूको अहिले नेपाली पत्रकारितामा बाहुल्यता रहेको छ । यसबाहेक स्वयं युरो/अमेरिकी एनजिओ र आइएनजिओसँग जोडिएको पङ्क्ती पनि नेपाली पत्रकारिता र पुस्तक प्रकाशनमा हावी रहेकोछ । यश प्रकारका अपराधी पृष्ठभुमिका पत्रकारहरू कांग्रेस खेमा भन्दापनी बामपंथी आवरणमा धेरै छन् ।

उनिहरूको अपराध लुकाउने मुकुण्डो कथित लोकतन्त्र हो । यसप्रकारका पत्रकारहरू विभिन्न देशीविदेशी जासुसी सञ्जालमा जोडिएका छन् । विशेष गरेर नेपाल प्रहरीको गुप्तचर बिभाग र विरेन्द्र मार्ने सैन्यकेन्द्रसँग जोडिएका यी पत्रकार आवरणमा रहेका अपराधीहरू मिडिया र देशीविदेशी शक्तिकेन्द्रको आडमा आफुलाई निकै शक्तिशाली ठान्दछन् । यो परिबेशमा तिनै देशीविदेशी शक्तिकेन्द्रको आडमा रबि लामिछाने राजनीतिक रूपमा उदय भएर गृहमन्त्री भएपछि अधिकांश पत्रकारलाई आफ्नो पोल खुल्ने डर भएको देखिन्छ । कानुनी आवरणमा काम गर्ने वकिलहरू पनि अधिकांश गुप्तचर नै छन् । गृहमन्त्रीले यो सूचना थाहा पाउने डर पनि रबि लामिछाने विरुद्ध वकिलहरूको आक्रोश हो । रबि लामिछाने पनि पत्रकारिता पेशाबाटै आएका हुनाले पनि जासुसी मिसनका पत्रकार र वकिलहरू धेरै नै तिलमिलाएको बुझ्न कठिनाई छैन ।

अदालतको द्वेध चरित्र
रबि लामिछानेको मुद्दामा सम्माननीय सर्बोच्च अदालतको निर्णय स्वागत योग्यनै छ । प्रश्न रबि लामिछानेको मात्र होइन । प्रचण्डकी छोरी रेणु दाहाल, ज्वाइँ अर्जुन पाठक, गंगा दाहाल, जर्मन नागरिक सुजाता जोस्ट, क्यानेडियन नागरिक डा.नारायण खड्का, अमेरिकी नागरिक डा. राम शरण महत । सेनाका भूतपुर्व र बर्तमान सैनिक जनरलहरू स्वयं अदालतका पूर्व र वर्तमान न्यायाधीशहरूको पनि नागरिकता छानबिन हुन आवश्यक छ । रबि लामिछानेको मात्र होइन अब मोतिहारी बिहारमा जन्मिएका माधब नेपाल, राजेन्द्र महतो, बृशेसचन्द्र लाल, सिकेलाल, सिके राउत, रामबरण यादब, परमानन्द झा, भारतको गुड गाउँमा बस्ने पूर्व प्रधानसेनापती धर्मपालवर सिंह थापा, रुकमाङ्गद कट्वाल, गौरब शमशेर राणा, राप्रपाका पशुपति शमसेर राणा, देवयानी राणा, कृष्ण सिटौला, विशाल नेपाल अन्तर्गत दार्जिलिङ आसामबाट आएका प्रबाशी नेपालीहरू श्रीकृष्ण अनिरुद्द गौतम, कान्तिपुरका सम्पादक सुधिर शर्मा, पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की , पत्रकार बिजय कुमार, पाटनका कनकमणि, सुन्दरमणि दिक्षित लागायत आदि यी काला अंग्रेजका अनुचरहरूको पुर्खाको र बर्तमान अवस्थामा दोहोरो नागरिकता लिएकाहरूको पनि छानबीन गरौं । भारतिय काला अंग्रेजको आड भरोसामा आफूलाई असनका साँढे जस्तो ठान्ने यी र यस प्रकारका गुलामी गरेर बाचेकाहरू को हुन् ? जनताले थाहा पाउनु पर्छ ।


सम्बन्धित समाचार