Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बीमा पोलिसी त्याग्नेको संख्यामा आएन सुधार, पुसमा ८७ करोड ४३ लाख रुपैयाँ सरेन्डर
काठमाडौं। बीमा पोलिसी त्याग्नेको संख्यामा अझै सुधार आउन सकेको छैन। आर्थिक मन्दीका कारण बीमा व्यवसाय बढ्न नसकिरहेको अवस्थामा सरेन्डर नरोकिँदा कम्पनीबाट करोडौं रकम बाहिरिने क्रम पनि बढ्दो छ।
चालु आर्थिक वर्षको ६ महिनासम्म ६ अर्ब रुपैयाँ भन्दा बढीको सरेन्डर भएको छ। बढ्दो सरेन्डरलाई रोक्न कम्पनीहरुले प्रयास गरेपनि चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमा ८७ करोड ४३ लाख रुपैयाँको ६ हजार ७ सय ८२ वटा बीमालेख त्याग भएको छ।
गत मंसिर महिनामा मात्र ७ हजार ६ सय ५० वटा बीमालेख त्याग हुँदा एक अर्ब भन्दा बढी रुपैयाँ कम्पनीहरुबाट बाहिरिएको थियो। अघिल्लो महिनाको तुलनामा बीमा कम्पनीहरुमा समर्पण संख्या र रकम घटेको हो। तर कात्तिक महिनामा ६ हजार ७ सय भन्दा बढि बीमालेख सरेन्डर भएका थिए भने मंसिरमा फेरि सरेन्डर संख्या बढेको थियो।
बीमा सरेन्डर गत वर्षदेखिनै उचारचढाव देखिरहेको छ। गत चैतबाट नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। पुँजी वृद्धिका लागि कम्पनीहरु मर्जरमा जोड दिएका थिए। यसले गर्दा पनि सरेन्डर संख्यामा उलेख्य रुपमा घट्न नसकेको अभिकर्ताहरुले बताएका छन्।
बीमा कम्पनीहरुमा पोलिसी बिक्री गर्न अभिकर्ताको भूमिका धेरै हुन्छ। केही समययता भने अभिकर्ताहरु एक कम्पनी छोडेर अर्को कम्पनीमा जाने क्रम बढेको छ। बीमा प्राधिकरणले एक कम्पनीमा कार्यरत अभिकर्ताले दुई वटा कम्पनी काम गर्न नपाउने व्यवस्था गरेको छ।
यसले गर्दा अभिकर्ताहरुले कम्पनी छोडेपछि बीमितहरुलाई पनि पहिलेको बीमालेख त्याग्न लगाएर अर्को कम्पनीमा लाने चलन बढेपछि त्यसको असर सरेन्डरमा परेको हो।
आर्थिक समस्याका कारण बीमितहरुले समय नपुगी बीमा पोलिसी सरेन्डर गर्न थालेका छन्।प्राधिकरणले जारी गरेको सरेन्डर तथ्यांकमा पुस महिनामा नेपाल लाइफ इन्स्योरेन्समा सबै भन्दा बढी बीमालेख सरेन्डर भएको छ। यसअघि पनि यो कम्पनीको सरेन्डर संख्या अन्य भन्दा धेरै हुने गरेको छ।
पुस महिनामा कम्पनीमा २८ सय ३५ वटा बीमालेख सरेन्डर हुँदा ४३ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ। सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानमा पनि एक हजार ४५ वटा बीमालेख सरेन्डर हुँदा ७ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ।
नेशनल लाइफ इन्स्योरेन्सको ८ करोड २३ लाख रुपैयाँ बराबरको ७०२ वटा बीमालेख सरेन्डर भएको छ। धेरै बीमा पोलिसी सरेन्डर हुने चौथो नम्बरमा एशियन लाइफ कम्पनी रहेको छ। पुस महिनामा ३ करोड ६८ लाख रुपैयाँ बराबरको ४ सय ९८ वटा बीमालेख सरेन्डर भएका हुन्।
लाइफ कर्पोरेशन कम्पनीको ९ करोड ५९ लाख रुपैयाँको १ सय ६७ वटा बीमालेख त्याग भएको छ।
मेट लाइफ इन्स्योरेन्स कम्पनीमा ३ करोड ६ लाख रुपैयाँको ३ सय ३७ वटा बीमालेख, गुराँस लाइफको २ करोड ६ लाख को २ सय ४६ वटा बीमालेख, प्राइम लाइफको २ करोड १२ रुपैयाँको ३ सय ७० वटा बीमालेख, युनियन लाइफको १ करोड ३६ लाख रुपैयाँको ९५ वटा बीमालेख, सानिमा लाइफको एक करोड १३ अर्ब रुपैयाँको ४५ वटा बीमालेख, सिटिजन लाइफको ९६ लाख रुपैयाँको १ सय १३ वटा बीमालेख, आइएमई लाइफको ७५ लाख रुपैयाँ, रिलायन्स लाइफको ७३ लाख सरेन्डर भएको छ।
प्राधिकरणका अनुसार रिलायबल लाइफको ६८ लाख, प्रभु लाइफको ५५ लाख, सूर्यज्योति लाइफको ४० लाख, महालक्ष्मी लाइफको २५ रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ। सबै भन्दा कम सरेण्डर सन् नेपाल लाइफ इन्स्योरेन्सको छ।कम्पनीमा १० लाख रुपैयाँको १० वटा बीमालेख सरेन्डर भएको प्राधिकरणले जनाएको छ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल