Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भ्यालेन्टाइन्स डे को अवसरमा एनआइ सी एशिया बैंकले ‘सेलिब्रट लभ वीथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ ।
यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो । माघ २८ देखि २०७९ फागुन १ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा एइक् मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।
साथै, बैंकले यसरी कारोबार गर्ने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई भ्यालेन्टाइन्स डे को दिन अर्थात् २०७९ फाल्गुन २ मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरूको लागि पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ ।
यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल