Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.०७ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा भने ४७.६१ प्रतिशतले बढेर १० करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ५२ करोड ४७ लाख रुपैयाँ, बीमालेख धितोमा १ अर्ब २४ करोड १० लाख रुपैयाँ लगानी गरी ५ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब २४ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ १२ पैसा र मूल्य आम्दानी अनुपात २६.७७ गुणा बढी रहेको छ ।
कम्पनीले यस अवधिमा १२ हजार ४६९ वटा बीमालेख जारी गरी ३ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल