Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १६.४० अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१०५.४६ अंकमा झरेको छ ।
आज २५५ कम्पनीका ४६ लाख ८५ हजार ८ सय ९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२.७१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.१२ प्रतिशतले नाफा कमाएका छन् भने बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३ सय ७२.९० रुपियाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६०.८८ अंकले घट्दा ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८ सय १२.९३ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल