Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूकम्पपीडितलाई खेद्दा डिएसपीलाई मिलेको इनाम

काठमाडौं । बौद्धमा केही समय डिएसपीको रुपमा कार्यरत रहेका मदन परियारले आङ्खनो सेवा अवधि समाप्त भइसकेपछि पनि राम्रो जागिर भेटेका छन् । विवादास्पद होटलको रुपमा परिचय बनाएको हायात रिजेन्सी होटलको सडक किनारामा भूकम्प पीडितहरुले केही समय बस्ने जमर्को गर्दा होटलको पक्ष लिएर भूकम्प पीडितलाई खेद्न सफल तत्कालिन डिएसपी मदन परियार अहिले सोही होटलमा जागिरे बनेका छन् । सरकारको ३९ प्रतिशत शेयरलाई हरेक वर्ष घटाउँदै होटलको स्वामित्व आङ्खनो कब्जामा पार्न सफल माफियाहरुलाई सघाएबापत परियारले इनाम पाएका हुन् । सत्य सेवा सुरक्षाका नाममा हुने यस्ता गढबढीप्रति नत प्रहरी संगठनले विचार पु¥याउन सक्छ नत सरकारी पक्षले ध्यान दिन जरुरी ठान्दछ । नेपालमा यस्ता विकृतिहरु थुपै्र छन्, ती विकृतिहरुमध्ये हायात होटलले सिर्जना गरेको विकृतिको एउटा राम्रो नमूना मदन परियारको रोजीरोटी जुट्नु हो ।