Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन खुला भएको छ ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।
उक्त कम्पनीको आईपीओ १६ हजार ९ सय ७० जनाले १०–१० कित्ता र पाँच जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म २० हजार ३ सय ३८ कित्ता बिक्री खुला गरेको थियो ।
कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन बिक्री गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता, कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल