Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३.६५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन हिजो सामान्य सुधार देखिएको शेयर बजारमा आज फेरि ३.६५ अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.६५ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.५४ अंकमा ओर्लिएको छ ।
आज २५९ कम्पनीका ५१ लाख २० हजार ८ सय ८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३ सय ६५.८४ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार ओरालो झर्दा स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावरका लगानीकर्ताहरुले क्रमशः ९.७३ र ९.३५ प्रतिशते नाफा कमाएका छन् भने राप्ती हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ६.४३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ६८ लाख ८ हजार ६ सय ७६.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ४.५५ अंकले बढ्दा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६.१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल