Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्। अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै उनले विश्वाको मत लिने भएका हुन्। सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने बताएकी छन्।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति चुनाव नजिक आइरहेकोले त्यसपछि विश्वासको मत लिने जानकारी दिइन्। एमाले र राप्रपाले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने उनले बताइन्। मन्त्रीमण्ड पुनर्गठन पनि राष्ट्रपति निर्वाचनपछि मात्रै हुने शर्माले बताएकी छन्।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल