Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करिश्मा पुत्री कविता र मोडल प्रसन्नबीचको प्रेम उचाइमा गएकै हो त ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताको रुचि फिल्मभन्दा व्यवसायतर्फ बढी छ । उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् । अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छोरीलाई माया गरेर करिश्माले कबु भनेर बोलाउँछिन् । कविताको डेब्यु फिल्म एउटा यस्तो प्रेम कहानी रिलिज भइसकेको छ ।

आमाको विरासतलाई नै उनले अगाडि बढाउलिन् वा नबढाउलिन् यो भविष्यको कुरा हो । तर कविता मिडियाको केन्द्रमा परिरहने पात्र चाहिं अवश्य हुन् । यतिबेला कविताको प्रेमले फिल्म बजार गर्माएको छ । व्यवसायी तथा मोडल प्रसन्न राईसँग उनको प्रेम चर्चा छ । कवितासँगको प्रेमको खुलासा स्वयं प्रसन्नले इन्स्टाग्रामबाट गरेका हुन्

उनले केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरिरहेका छन् । सँगै घुमघाम र ह्याङआउट गरिरहेको देखिने तस्वीरमा उनी रोमान्टिक मुडमा छन् । एक तस्वीरमा कवितालाई चुम्बन गर्दै प्रसन्नले मेरो माया भन्दै लभहार्ट इमोजी पनि पोस्ट गरेका छन् । स्टोरीमा यी दुईले अन्य साथीसँग पनि रमाइलो गरिरहेको देख्न सकिन्छ


सम्बन्धित समाचार

युवा गीतकार हरिहर राजभण्डारी

२०८३ असार ३०

ताजा नेपाल

तेस्रो विवाह गर्दै आमिर खान

२०८३ असार २०

ताजा नेपाल