Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । भनाई छ अति गर्नु अत्याचार नगर्नु । राजनीतिमा पनि त्यस्ता अत्याचारी हुन्छन् । जसले अर्काको अस्तित्व स्वीर्कादैन । आँफू मात्र सर्वेसर्वा सर्वज्ञानी ठान्छ । नेपाली राजनीतिमा जनता र कार्यकर्ताको सम्वन्ध विना आँफू मान्छे काटेर १४ वर्ष जेल सजाए पाएको मनुवा गणतन्त्र संघियता र समावेशीताको एजेण्डामा १० वर्ष शसस्त्र यूद्ध लडेको शक्तिलाई आतंकवादी र हत्यारा भन्छ । आफ्नो स्वार्थमा त्यो परिवर्तनकारी शक्ति लाग्दा क्रान्तीकारी योद्धा आफ्नो एकलौटी चरित्र विरुद्ध उसले विमती जनाउदा हत्यारा अपराधी भन्छ र हेगको मुद्धा उठाउन अग्नी खरेल र इन्सेक जस्ता सिआईएका एजेण्टहरुलाई उकास्छ । हो त्यही मनुवा एकिकृत समाजवादीको नाउ उच्चारण गर्दा मुख कुल्ला गर्छु भन्थे र दलको रुपमा एसलाई स्वीर्कादैनथे । उनका दूर्वचनलाई ठिक ठान्ने विष्णु पौडेल, सुभाष नेम्वाङ, रघुवीर महासेठ, पृथ्वी सुव्वा, डा. विमला पौडेलजस्ता हनुमानहरु एमालेका स्वार्थका लागि अरु पार्टी कार्यालय धाएकै हुन ।
साथ पाउन ठाँउ राख्नु पथ्र्यो । एमालेका सुप्रिमो केपी ओलीजस्तो संघियता र गणतन्त्रका विरुद्ध वोल्ने ढोगीले कुन नाकले हनुमान परिचालन गरेर एकिकृत समाजवादीको पार्टी कार्यालय पठाएका हुन् । हिजो माधव नेपालको नाम उच्चारण गर्दा मुख कुल्ला गर्नुपर्ने पार्टीको नाम सुन्दा अपवित्र हुने माओवादीका अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधव नेपाललाई उनले कति भने । उनको भनाई संझने हो भने ईष नभएको मान्छेलाई विष नभएको सर्पसंग दाँजे हुन्छ । ओलीको छुद्रतामा मुख समाल्न भन्न नसक्ने ललिता निवास प्रकरणका नायक विष्णु पौडेल हिन्दू सनातन धर्म माथि क्रिश्चीयन धर्म लादने सुभाष नेम्वाङलाई पनि लाज भएन । वोल्ने वेलामा मनपरी कूर्लने हिजो नेकपा एकिकृत समाजवादीलाई एक सीट पनि जित्दैन भन्ने केपी ओलीले १० जना सांसद प्रतक्ष निर्वाचीत हुँदा तीनीहरुवाट भोली आँफूलाई साथ चाहिन्छ भन्ने सोचेका थिएनन । छुद्रता दुष्ट्याँइ र दूर्वचन केपी ओलीको सम्पत्ति हो । उनी संगठक होइनन भारतका वेटे हुन् ।
जनतालाई छक्याउन चुच्चे नक्सा जारी गर्न त्यो वेला पार्टीको दवाव थियो । रअका प्रमुख सेमन्त गोयलसँग मध्यरातसम्म वालुवाटारमा भेट्दा पार्टीका समकक्षी नेता वाईपास गरेर चालिएको संसद विघटनले देशको राष्ट्रिय स्वाभिमान कति वच्यो कति घट्यो ? पूस २६ गते केपीको दम्व सार्वजनिक नभएको भए वामपन्थीका नाममा वनेको सरकारमा राप्रपा जस्तो प्रतिगामी रास्वपा जस्तो अराजक शक्तिको कारण वदनामी सहनु पथ्र्यो र ? माओवादीका एजेण्डाले शाही कालको निरंकुशता विरुद्ध चर्केको सडक आन्दोलनलाई प्रभाव पार्दा केपी ओली वयलगाढाका प्रशंसक थिए । अहिले केपीका हनुमानहरुलाई ओलीले दुत्कारेका माधव नेपालसँग वार्ता गर्न जानु पर्दा हिनता वोध कति भयो होला ? पद त तीनले उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव पाएका छन् । तर तीनले वामशक्ति छिन्न भिन्न पारेर आँफू नायक बन्ने अरुको अस्तित्वमाथि प्रहार गर्ने काम कति गरेका छन ? यो सत्य ओलीका तीनै दाश सुभाष नेम्वाङलाई थाहा छ । यिनले गलतलाई गलत भन्न सकेका खै ? राष्ट्रका समस्यामा चासो छैन । गुटको स्वार्थ प्रमुख छ । न्यायिक क्षेत्रमा समेत गैर न्यायिक काम धेरै भएका छन् । व्यवस्था सुदृढ गर्नुपर्नेमा झन कमजोर वनाईएको छ । राजनीतिक नियुक्ति पदक तथा विभूषण वितरण गर्दा कस्तो गरियो ? इश्वर पोख्रेलले कति गरे ? केपीलाई वा भन्नेले जति लुटे पनि भयो । प्रतिवाद गर्दा पार्टीलाई सिद्धान्त नीति विधि र प्रकृया मा चलाउनु पर्छ भन्दा डा. भिम रावल र घनश्याम भुसाल वन्नु पर्ने वाध्यताका साँक्षी यी लम्पट दाशहरु नै थिए । मुखै कुल्ला गर्नु पर्ने ओलीको दूर्वचनकै इगो लिईन्थ्यो भने प्रचण्ड पूस १० गते वालकोट धाउने नै थिएनन् । तर ओलीले सवै तिरवाट घेरा हालेपछि उम्कने वाटो खोज्नै पथ्र्यो । प्रचण्डले खोजे विग्रेको केही छैन । राष्ट्रपति एमालेलाई दिनै पर्छ भन्ने वाध्यता पनि माओवादी र एसलाई छैन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल