Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एउटा काँग्रेसमा थपिँदै गुट

काठमाडौं । नेपाली काँग्रेसको अन्तर पार्टी संगठन मिलेकै छैन । आफैंले अजमाएका महाकालीको राष्ट्रघात बिर्से पनि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा आफू बिभाजित छैन्न । त्यही कारण उनी पार्टीका प्रत्येक निर्णय गर्नु अगाडि छलफलमा ल्याउँछन् । दुई गुटको काँग्रेस पाँच गुट भएपछि कुराको टुंगो लाग्ने स्थिति नै भएन । अहिले हिजो कोइराला परिवारको दास बनेर सभामुख भएको मान्छे मन्त्री पद पनि नछाड्ने रामचन्द्र पौडेल जस्ता लोभीलाई कृष्ण सिटौला, डा. शेखर कोइरालाले मात्र होइन, विजय गच्छदारले समेत पत्याउन सकेनन् ।

रामचन्द्रलाई देउवाकै शरणमा पुगेर आफैं ठालू पुत्रलाई पार्टीमा योगदान बिना केन्द्रीय सदस्य चाहिएको छ । उनको आदेश कन कन गरेर पद लिने हो । त्यही कारण कोइराला परिवार कालीन सदस्यको मूल्यांकनमा उनी आदरणीय भएनन् । काँग्रेसमा हेलिएका लोकतन्त्रकालभर सत्ताका ठेकेदार विजय गच्छदार विधानमै नभएको उपसभापति भए पनि प्रतिवाद गर्न रामचन्द्रले सकेनन् । पौडेलले आफ्नै जिल्लामा जति राजनीति गरे हिजो गरे । अबका दिनमा धु्रव वाग्ले, प्रदीप पौडेलले समेत बाटो तताए । शंकर भण्डारीले एक पटक मन्त्री हुँदा जीवन भरको लागि कमाई पु¥याएकै छन् । भण्डारीलाई पौडेलजस्ता दरिद्रको नत संरक्षण जरुरी छ नत साथ । अबका दिनमा राचन्द्रले साथ पाउने र लिने टिम घट्दो छ । भ्रष्टाचारले उकासिएका डा. रामशरण महत हुन् वा अर्जुन नरसिंह केसी, डा. नारायण खड्का, विमलेन्द्र निधि कसैले रामचन्द्रलाई बोक्न चाहँदैनन् ।

आर्थिक रुपमा लुब्ध भएकै कारण रामचन्द्र देशको नेता भएनन् । मौका पाउँदा श्रीमतीलाई शान्ति मन्त्रालयबाट माओवादी द्वन्द्व पीडितका नाममा राहत दिलाउने रामचन्द्रलाई तनहँुँमा रघु पौडेल, बैकुण्ठ न्यौपानेसम्मले साथ दिन छाडेकोे धेरै भयो । आफैं गृहजिल्लामा सारथी नपाएका नेताको पछि को लाग्ला ? काँग्रेसमा १४ औं महाधिवेशनको रन्को प्रवेश गरेको छ । वामपन्थीसँग जुध्न काँग्रेस एक भएको भए प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई गलाउन र जनताकाबीचमा स्थापित हुन सहज हुन सक्थ्यो । तर काँग्रेसमा किचलो देखाउन पनि रामचन्द्रहरू सक्रिय भए । कृष्ण सिटौला, डा. शेखर कोइराला, विजय गच्छदारले रामचन्द्रलाई नपत्याउनुको कारण लोभि चरित्र संकीर्ण व्यवहार हो । तनहुँमा रामचन्द्रभन्दा गोविन्दराज नै बलिया छन् । यद्यपि जोशीलाई पार्टीबाट आउट गराउँदा पनि रामचन्द्रको पक्षमा सिंगो काँग्रेस लाग्ने ठाउँ भएन ।

अब कोइराला परिवारले काँग्रेसको नाममा रामचन्द्र जस्ता शिल्लि नेता बोक्दैन । रामचन्द्र आफ्नो हैसियत त्यो बेलाबाट स्खलित भए जुन बेला मधेशी मोर्चाको साथमा माओवादी नेतृत्वको सरकारमा डा. बबुराम प्रधानमन्त्री थिए, पौडेल भारतीय दाताबाट सांसद किनेर आफ्नो पक्षमा बहुमत जुटाउन लिएको पैसा एक्लै भकुरेका थिए । चुनाव प्रचारमा गाउँजाँदा उनका छोरा जनताका अगाडि ठालु बने, बाबुसँग माला र खादाखोज्दा निश्चलको हैसियत देखियो । अब उनका अगाडि तनहुँमा बोलिदिने बृषराजहरू छैनन् अभिमन्युको कुरै छाडौं सोमबहादुर दरैले समेत पत्याउन छाडिसके । पार्टीको सभापति हुने र देशको प्रधानमन्त्री बन्ने यी रामचन्द्रको सपना अधुरो रह्यो । बरु उमेरले डल्लिए पनि देउवाको कारण गोपालमानको गण्डकी प्रदेशमा तौल छ कोइराला पविारका दास रामचन्द्रको लेखो छैन । गणेशमान पुत्र प्रकाशमानलाई आफ्नै अस्तित्व बचाउनु छ । भागवण्डामा परेकोले मौकामा पाएको तरुण दलका भुपेन्द्रजंग शाहीले अस्तित्व धान्ने अवस्था छैन । किनकि यी शाही पनि विगतमा पैसाका लागि जे पनि गर्ने, जता पनि लाग्ने कालिकोटका बासिन्दा हुन् । पौडेलले यिनैलाई बोकेका थिए ।


सम्बन्धित समाचार