Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । भूमिका विहिन राष्ट्रपति पदलाई राज्यश्रोतले पाल्दा वदनाम भएको त्यो पदका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई २५ लाख उपचार खर्च दिलाएको सरकारले नेकपा एकिकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललाई रु २० लाख दिएको हो । यी दूवै गरिवदाश होइनन् । यीनले सिटामोल खान नपाउने जनताका अगाडि राज्यवाट उपचार खर्च लिएर नेतालाई पोस्ने नीति लागू गर्दा लोकतन्त्र नभएर व्यवस्था भ्रष्टतन्त्रमा रुपान्तरण भएको छ । मुलुकको अर्थतन्त्रको क्षेत्र ध्वस्त छ । व्यापारी प्रशासक राजनीति क्षेत्र देश घाती छन ।
डा. रामवरणको नाउमा उनका पूत्र डाक्टर हरिशले लुटेका छन् । पूर्व राष्ट्रपति यादवमा निष्ठा र त्यागको भावना थियो भने उनले सेनाको २१ जनाको टोली घटाउन सक्थे । देशको आर्थिक अवस्था अनुसार सेवा सुविधा दिने र पाउनेहरुले सुहाउँदो व्यवहार गर्न सक्नु पथ्र्यो । तर काँग्रेसका राष्ट्रपति डा. रामवरणले काँगे्रस र एमालेको स्वार्थमा काम गर्दा सर्वत्र आलोचना भएको थियो । यसपटक एमालेकी राष्ट्रपति विद्या भण्डारीको काम केपी ओलीको लहडमा हुने गथ्र्यो । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो योजना राष्ट्रपतिवाट लागू गराएर स्वार्थको खेती गरेका कारण विद्या भण्डारीको कार्यकाल नमूना लायक भनेका छन् ।
२३४ वर्षको परम्परागत राजतन्त्र उखेलेर ल्याइएको गणतन्त्रमा फैलिएका नयाँ राजाले लाज पचाएर राज्यवाट सुरक्षा टोली, गाडी, इन्धन, ड्राइभर भत्ता लिएर जनतालाई गिज्याएको गणतन्त्रमा फागुन २५ मा चौथो राष्ट्रपति, २९ मा चौथो उपराष्ट्रपति आउनेछन् । राज्य दोहन गर्न सिपालु तन्त्र भनेकै लोकतन्त्र हो । काँग्रेस र कम्युनिष्टका शासकले देशलाई वैदेशीक ऋण वढाउने आँफू र आफ्ना सन्तान पाल्न राज्यश्रोत प्रयोग गर्ने गरेका छन् । वैकिङ क्षेत्र तहस नहस छ । सम्मानीत पद सेतो हात्ति वनाईदिएका छन । आज चुनिने राष्ट्रपति जो भएपनि तिनले मुलुको हित गर्लान कि पारिवारी मोहमा रमाउलान ?
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल