Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनएलजी इन्स्योरेन्सले चैत २० गतेका लागि १७औं साधारण सभा डाकेको छ। सभा बालुवाटारमा हुँदैछ।
कम्पनीले नियामकीय प्रावधान अनुसार अधिकृत पुँजी वृद्धि गरेर ३ अर्ब रुपैयाँ पुर्याउने र लाभांशको प्रमुख एजेन्डा सभामा लैजाँदैछ। बाँकी नियमित प्रस्तावहरु पेस हुँदैछन्।
गत आवका लागि कम्पनीले १०.५३ प्रतिशत प्रस्ताव गरेको थियो। लाभांशको सहायतामा एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाउँदैछ। प्रस्तावित मध्येको १० प्रतिशत बोनस सेयर हो।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १३ करोड २६ लाख रुपैयाँले बढ्नेछ। जुन विशेष प्रस्ताव सभाले पारित गर्नेछ। हाल चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत १३ गते एकदिन बुक क्लोज गर्ने जनाएको हो।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल