Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पललाई बसुन्धरा भुषालको आर्शिवाद

चर्चित अभिनेता तथा मोडल पल शाहलाई भेट गर्न र बधाई दिन दैनिकजसो उनको निजी निवासमा फिल्मकर्मीको भीड लागिरहेको छ । हालै एक अन्तर्वार्तामा अभिनेता तथा गायक यश कुमारले पललाई भेट्न आफ्नो पालो नआएको जनाउनुले पनि उनलाई भेट्नेको भीड कतिसम्म छ भन्ने बुझ्न सकिन्छ ।
यसबीच, बिहीबार अभिनेत्री बसुन्धरा भुषालले पलसँग भेट गरेर जेलमुक्त भएकोमा परिवारलाई नै बधाई दिँदै निधारमा रातो टीका लगाइदिएर फलफूलसहितको सगुन दिएकी छन् । पलसँग भेट गरेको १८ वटा तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै भुषालले कर्मको छोरा पलसँग भेट्न पाउँदा आफ्नो हर्षको सीमै नरहेको उल्लेख गरेकी छन् । पलसँग भेट गर्दा उनी भावुक भएकी थिइन् ।
भुषालले लेखेकी छन्, ‘आज बल्ल छोरा पल शाह र पलको बुवा(मुवा, दिदी, बहिनी रोशनी, दाजु(भाउजुहरु, भान्जा र सानो दुई भतिजासँग भेटघाट गर्ने मौका पाएँ । पल र सबै परिवारलाई टीका लगाई धेरै आर्शिवाद दिएकी छु र सबै परिवारलाई तेत्तिसकोटी भगवानले सधैंभरि रक्षा गरुन् भनेर हामी सदैव प्रार्थना गर्दछौं ।’ उनले पल पहिलाभन्दा झन् ह्यान्डसम भएको पनि जनाएकी छन् ।
‘पललाई मैले धेरै नै पोजेटिभ देखेँ । हुन त, ऊ पहिलेदेखि नै पोजेटिभ विचार भएको मान्छे हो । सबै शुभचिन्तकहरुको प्रार्थना र आर्शिवादले गर्दा ढिलै भए पनि न्याय पाएका छन् । पल छोराले विगतमा भन्दा अझ बढी प्रगति गर्दै जाओस् भनि म तेत्तिसकोटी भगवानसँग सदैव प्रार्थना गर्दछु,’ भुषालले लेखेकी छन् । पल र बसुन्धरा भुषालले फिल्म ‘शत्रु गते’मा एकसाथ काम गरेका थिए ।


सम्बन्धित समाचार