Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्से २६.८० अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्स परिसूचक १.३४ प्रतिशतले घटेको छ । यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ । गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो ।

आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँबराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ
सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ३७३।९० को विन्दुमा झरेको छ ।

यस दिन शुभम् हाइड्रोपावर लिमेटेडको सेयर मूल्य सार्वधिक ९.९८ प्रतिशतले बढेको छ । गुडविल फाइनान्स लिमिटेड डिभेन्चरको सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ ।

 


सम्बन्धित समाचार