Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज ३० गते मंगलबार अन्तिम दिन हो ।
आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले आईपीओ भर्न सक्नेछन् ।
उक्त कम्पनीले कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।
यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको कम्पनीले सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ चार लाख २४ हजार ८ सय ८५ जनाले १०–१० कित्ता र ८ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल