Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धान्त र नीति यता न उता !

सत्ताविना अडन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र शासक विना टिक्न नसक्ने नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा एक सिक्काका दूई पाटा भएका छन् । एमाले अध्यक्ष केपी ओलीको चमत्कारले भत्केको वामपन्थी र उग्रदक्षिणपन्थि सरकारको विरुवा पुस २६ गते संसद बैठकमा निमोठियो । तत्कालिन राजनीति शंयन्त्रका संयोजक केपी शर्मा ओलीले निमोठेको विरुवा उठन नसक्दा राष्ट्रपति पद एमालेबाट फुत्कंदै छ । ओलीले नेपाली हिन्दूहरूको गलामा खुडा प्रहार गर्ने कृश्चियन टोलीका नेता सुभाष नेम्वाङलाई उम्मेदवारका रूपमा खडा गर्दा काँग्रेसका रामचन्द्र पौडेलले मौका पाएका हुन् । कुनै वेला माआवादी प्रतिको लहर एकाएक गुम्नुमा त्यो पार्टी भित्र प्रवेश भएको विदेशी शक्तिकेन्द्रसँग जोडिएका एजेरुहरू दोषी छन् ।
पदको गरिमा नराख्ने रक्सीका बोतल लिएर बुढी मैया भेटने म्याट्रनलाई ओलीको निर्देशनमा अग्नी खरेल जस्ता सीआईएका एजेन्टले वदनाम गरेकै हुन् । पार्टी एउटै तिकडम र जालझेल जति पनि गर्न सक्ने केपी ओलीले आँफूले लुटेको राज्य कोषको गन्ध कत्तै आउन दिएनन् । उनले ठूला ठेकदारलाई सांसद भवन, प्रदेश मन्त्रीको आवास, मन्त्री निवास निर्माणमा मौका दिंदाको कमाईले जति नाचे पनि भएको छ । वदनाम बतास, ओम्नी र हुकामसँग ईश्वर पोखरेलको भयो । तर विष्णु रिमाल कतै आएनन् । अहिले कम्युनिष्टका कलंक केपी ओली पुष्प कमल दाहाल जस्ताले आफ्नो स्वार्थका लागि देश भूमरीमा पारेका छन् । देशको अर्थतन्त्र ध्वस्त वनाएर आफ्नो स्वार्थ पूरा गर्ने काँग्रेस र प्रचण्ड एमाले र माओवादी राप्रपा र रास्वपाको चरित्र एउटै छ । सरकारले ६४ दिनमा गुमाएको विस्वासको मत पून लिन पर्ने भएको छ । भ्रष्टाचार र वेथितिका मूर्धन्य विद्वानहरू आज पनि स्वार्थमा भिडेका छन् तीनले देश, जनताको हित भन्दा गुटगत स्वार्थमा आँफूलाई उभ्याएका छन् । सरकार वनाउने र ढलाउन मै ठूला दल काँग्रेस र एमाले लाग्दा माओवादी वीचमा च्याखे थापेर सत्ताको नायक भएको हो । जवकी माओवादी नेतृत्व सत्ता लम्पट भएपछि नै धमाधम कार्यकर्ता पलाएन भएका हुन् । मोहन वैद्यले माओवादी फुटाएर एक्लै वस्दा डा. बाबुरामलाई कारक बनाईयो । संविधान जारी भयो डा. बाबुराम नयाँ शक्तिको रूपमा देखिए । तर उनको चोइटोले पार्टीको रूप दिएन । बरु त्यहाँबाट देवेन्द्र पौडेल कुमार पौडेलहरू माओवादीमा फर्केका थिए । अहिले डा. भट्टराईलाई माओवादीले सिन्धुलीबाट प्रदेशसभामा गंगा श्रेष्ठ मधेसबाट संघिय संसदमा महेन्द्र राय यादवलाई साँसद वनाई दियो । भट्टराई कम्युनिष्ट शब्दले विचलित भएका छन् । कम्युनिष्टको नाउमा सांसद र मन्त्री वन्ने कम्युनिष्ट पार्टी सँग सहकार्य गर्ने तर रिश कम्युनिष्टको गर्ने भनेको दरिद्रता हो । राजनीत स्वार्थका लागि कम्युनिष्ट जति थेच्चर भए काँग्रेसको कुरा काटनुको अर्थ छैन् । कम्युनिष्टलाई जसरी पनि सत्ता जरुरी छ । त्यसको नमूना माओवादीका अध्यक्ष पुष्प कमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओली नमूना बन्नु पुगे । ओलीको जालझेल र तिकडमलाई प्रचण्डले जति वुझे माधव र भलनाथले झन् वढी बुझेका छन् । माधव र झलनाथले ओलीसँग जुटन नसकेरनै पार्टी अलग गराए । वामादेवलाई ठाउको ठाँउ थला पारेर केपी ओली इश्वर पोखरेलले कम्युनिष्ट सरकारका वेला गरेको कमाईसँग रिश गरेर हुदैन ।
अहिले प्रचण्डले केपीलाई विस्वासघात गर्दा केपीका भित्रि योजना पनि कम खतरनाक थिएनन् । संघिय संसदमा सभामुख ५ प्रदेशमा उपसभामुख मधेस प्रदेश र लुम्बिनीमा सभामुख एमालेकै छन् । केन्द्रीय सत्ता एमालेको गुम्यो कोशी प्रदेश गण्डकी र कर्णालीको मुख्य मन्त्री एमालेले गुमाउँछ भने देशभर प्रमुख विपक्षीको तहबाट राष्ट्रका समस्या जनताका पिडालाई एजेण्डा नै बनाएर आन्दोलन गर्ने क्षमता पनि राख्न सक्नु पर्छ । तर एमाले नेतामा त्यो आत्मवल छैन् । भ्रष्टाचार नीतिगत लुट विचौलिया दलालको सहयात्री बनेको कारण एमाले नेतृत्वको आत्मवल गुमेको हो ।


सम्बन्धित समाचार