Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा ५०० ले बढ्यो, प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ

काठमाडौं। सुनको मूल्य तीन दिनपछि फेरि उच्च मूल्यको रेकर्डनजिक पुगेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ भएको छ।
यो अघिल्लो दिनका तुलनामा ५ सय रुपैयाँको बढोत्तरी हो। गत आइतबार हालसम्मकै उच्च मूल्य तोलाको १ लाख १० हजारसम्म पुगेको थियो। सोमबार त्यसमा ७ सय घटेर कारोबार मूल्य निर्धारण भएको थियो। साताको तेस्रो दिन पुनः बढेको हो।
चाँदी पनि १० रुपैयाँको बढोत्तरीपछि तोलाको १३ सय ४० रुपैयाँ भएको छ। सोमबार १३ सय ३० रुपैयाँ थियो भने साताको पहिलो दिन १३ सय ४५ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा स्टकका तुलनामा सुनचाँदीमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्य उकालो लागिरहेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९७५.४९ डलर छ। सोमबार १९७५ थियो भने आइतबार आइतबार प्रतिऔंस १९८८.११ डलरसम्म पुगेको थियो।
चाँदी प्रतिऔंस २२.४६ डलरमा कारोबार भइरहेको छ। आइतबार बढेर २२.६ डलर पुगेकोमा सोमबार घटेर घटेर २०.३२ डलरमा झरेको थियो।