Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर वजारमा १५.७६ अंककाो गिरावट, सवा अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १५.७६ अंकले घटेको हो । ०.८१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.२९ अंकमा ओर्लिएको छ ।
आज २६६ कम्पनीका ३७ लाख ७७ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९ सय २९.६७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार दोहोरो अंकले घटे पनि एउटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । माया खोला हाइड्रोका लगानीकर्ताहरुले ९.९८ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी आज बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४।३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार ६.९० अंकले घट्दा १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८ सय २५.१३ रुपियाँ र सोमबार २२.६५ अंकले बजार बढ्दा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८.२९ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो मंगलबार घोडेजात्रामा उपत्यका बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।