Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि खुला

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गते बुधबारदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका बिक्री गर्न लागेको हो ।
चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।
बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त शेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाउने जनाईएको छ ।