Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी समिक्षा गर्न सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । मसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
सचिवालयकै निर्देशनमा उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइ सकिएको बताइन्छ । मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ। समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाइ समेटिएको छ ।
नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगर पालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ। दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो।


सम्बन्धित समाचार