Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । वर्गिय मुक्ति आन्दोलनबाट समाजवाद ल्याउने अभियान पार्टीको हो भन्ने नेकपा माओवादी समाजवादीको नाउँमा पोखराको पार्साङमा जग्गा दिने भन्दै ठग्ने गिरोहको भण्डाफोर भएको छ । सो पार्टीका गण्डकी अञ्चल इन्र्चाज भोजराज त्रिपाठी, पदमशंकर गिरी, भुवन त्रिपाठी र सन्दीप भन्ने त्यो पार्टीका कार्यकर्ताले घर नभएकालाई घडेरी दिने नाममा ठगी गरेका हुन् । नेकपा माओवादी समाजवादीको नाउमा ठग्ने त्यो टोलीले पार्टी सदस्य वन्न रु २६ सय लिएर पार्टीका सदस्यहरूलाई प्रतिव्यक्ति रु १ लाख ५० हजार उठाएर पार्टीले कव्जा गरेको जमीनबाट ४–४ आना घडेरी दिने भन्दै ठगेको हो ।
माओवादीको नाम जोडेर समाजमा ठगी तन्त्र चम्काउनेहरू देशभर छन् । संयुक्त पार्टी फुटाएर माओवादीलाई छिन्न भिन्न बनाउने श्रेय क्रान्तिकारी कुरा गर्ने तर धन्दा कृश्चियनको धर्मलाई वढवा दिने मोहन वैद्य र नेत्रविक्रम चन्दहरूलाई जान्छ । देशमा समस्या छन् । अभाव, महंगी, भ्रष्टाचार, विचौलियाको संरक्षण पार्टीबाटै भएको पनि छ । कम्युनिष्टकै नाममा यस्ता ठगहरूको संरक्षण भएको छ । सरकार छ त्यो सरकारले यो पार्टीको स्याङजा जिल्ला अध्यक्ष र उपाध्यक्षको मात्रै हैन घडेरीको प्रलोभनमा फसाईएकाहरूको पिडा सुन्दैन । गण्डकी प्रदेशको राजधानी पोखराको पस्र्याङ जस्तो ठाउमा पार्टीले कव्जा गरेको जमीन प्रति घडेरी १ लाख ५० हजारमा पाईन्छ भन्ने भ्रममा पर्दा ५०औं जना ठगिएका छन् । ठग्नका लागि माओवादी नै बन्नु पर्ने कारण भने त्यो शक्तिमा आएको बिचलन हो । जुन पार्टीको पहलमा संविधान जारी भयो । संघियता र गणतन्त्र समावेशीताका एजेन्डा लागू भए, प्रदेश सरकार वनेका छन् । गाउँगाउँमा नै सिंहदरवार पुगेको वताएर दलहरूबाट जनता ठगिएका छन् ।
सुकुम्वासीलाई जग्गा उपलव्ध गराउने भन्दा विस्वास हुन्छ । नेपालमा झण्डै ७ लाख आफ्नो जमीन नभएका सुकुम्वासी छन् । मुक्त कमैया, हलिया, कमलरी त्यसैमा पर्छन । सार्वजनिक जमीन कव्जा गर्ने नेकपा एकिकृत समाजवादी र एमालेको नाउ भजाउने खेम नारायण परिश्रमी जस्ता ठग जेलमा परेका छैनन् । प्रशुती गृह पछाडि जमीन कव्जा गर्ने परिश्रमीले काठमाण्डौ महानगरका प्रहरी कुटेकै थिए । गण्डकी इन्चार्ज बताउने भोजराज त्रिपाठीको भण्डाफोर पनि संचारकर्मी अपिल त्रिपाठीले नै गरि दिएका छन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल