Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थ मन्त्रालयले बनायो बजेट तालिका

काठमाडौं। अर्थ मन्त्रालयले बजेट निर्माण कार्यतालिका बनाएको छ । मन्त्रालयले बजेट निर्माणलाई व्यवस्थित बनाउन भन्दै तालिका बनाएको हो ।
तालिका अनुसार जेठ १० गते आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना छ । संविधानमै जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्ने व्यवस्था छ । मन्त्रालयले ३१ वटा शीर्षकमा कार्यतालिका बनाएको छ । जसअनुसार चैत २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने सबै पक्षहरुलाई समेट्नेछन् । यस्तै बैशाख १० गतेसम्म सबै पक्षबाट सुझाव संकलन गरिने छ । चैत १९ देखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति कार्यक्रमको विषयमा छलफल हुनेछ ।
मन्त्रालय मातहतका विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार तयार गरी चैत २० गतेसम्म मन्त्रालय पठाउन पत्राचार गरिने छ । राजस्व परामर्श समितिले बनाएको उपसमितिको प्रतिवेदन चैत २१ गतेसम्म संकलन गरी नियमित छलफल गरिने जनाइएको छ ।
अर्थ मन्त्रालयले दिएको बजेट सिलिङभित्र बसेर चैत २४ गतेसम्म बजेट प्रणाली एलएमबीएसमा सबै मन्त्रालयले परिविष्ट गरिसक्नु पर्नेछ । बजेटको उद्देश्य प्राथमिकता र मुख्य कार्यक्रमबारे प्रदेशका सासंदहरुसँग छलफल गरिने छ । यसका लागि चैत २६ देखि २८ गते तोकिएको छ ।
प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको विषयमा चैत २६ देखि बैशाख २० गतेलाई तोकिएको छ भने बैशाख २५ गतेसम्म वैदेशिक ऋण तथा अनुदानलाई अनुमान गरी बजेटमा समावेश गरिनेछ । बैशाख २० गतेसम्म नै सरकारका लगानी रहेको संस्थानहरुको प्रगति विवरण छपाई गरिने छ ।
विनियोजन विधेयकका सिद्धान्तहरु र प्रथामिकताको प्रतिवेदन बैशाख २१ गते तयार गरी २५ गतेसम्म दुवै सदनमा पेश गरिने छ । बैशाख ३० गते आर्थिक सर्वेक्षण र मन्त्रालयगत प्रगति विवरणलाई छपाईका लागि पठाइने जानकारी दिईएको छ ।
जेठ १ गते बजेटको मस्यौदा तयार भइसक्ने जनाउँदै मन्त्रालयले राजस्व परामर्श समितिले तयार गरेको प्रतिवेदन जेठ ५ गते मन्त्रीलाई बुझाउने जानकारी दिईएको छ ।
जेठ ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बजेट ब्रिफिङ गर्ने, जेठ १३ गते खर्चसम्बन्धी किताब रातो किताबलाई छपाईका लागि प्रेसमा पठाउने, जेठ १४ गते राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदलाई ब्रिफिङ गर्ने, १४ गते नै संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण पेश गर्ने र जेठ १५ गते बजेट मन्त्रिपरिषदबाट पास गरी संसदको दुबै सदनमा बजेट प्रस्तुत गर्ने योजना बनेको छ ।