Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नारायणकाजीका ६ सूत्र

काठमाण्डौ । स्वच्छ छवि स्पष्ट बिचार कर्तव्यनिष्ट व्यवहार सरल चालचलनको धनी भन्दै गर्दा वेला बखत पदीय गरिमाको विषयमा जोडिने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय हाँक्दा जति चर्चित भए गृहमन्त्रालय हाँक्दा पनि आफ्नो क्रेज यथावत राख्ने दावीका साथ उत्रेका छन् । उनको निर्णयले खन्चुवाहरु तर्सेका पनि छन् । श्रेष्ठको भनाईमा उनका ६ सूत्र छन । अम्वलमा सूर्तिजन्य वस्तु, मादक पदार्थ, चीया कफी, कोकाकोला खादैनन, चीया पिउदा ग्रिन टि पिउछन । उनी मन्त्रालयमा एक्ला एक्लै गोप्य कोठामा कसैलाई भेटदैन, जति भेटघाट उनको हुन्छ समूहमै हुन्छ । उनले लुकाएर गिफ्ट लिदैन । लेख्दा लेख्दै कलम बिग्रेको खण्डमा कसैको लिनु छुट्टै हो । गृहमन्त्रालयको कार्यभार समालेको दिनमै उनले भने मेरा ६ सूत्र छन । गृहसचिव, सहसचिवहरु प्रहरीका आईजीपीहरुसँग उनले भने म कसैलाई कानून विपरित दवाव दिन्न । नीतिगत रुपमा हुने काममा मेरो हस्तक्षेप हुदैन । तर गल्ती गर्ने र झुटो वोल्नेसँग म रिसाउँछु उनको थप घोषणा थियो । म घुस खान्न, लिन्न । गृह सचिव, प्रहरी आईजीपीहरुका वीचमा उप प्रम एवं गृहमन्त्री श्रेष्ठले सुराकीको नाउँमा मन्त्री र सचिवले बिल भरपाई विना खर्च गर्ने दैनिक ५ लाख बन्द गरिदिएका छन् । उनको यो निर्णयले गृहको आशाचपू र सुराकी खर्चको वार्षिक १८ करोडभन्दा बढी जोगिएको छ । विगतमा पनि गृहमा कम्युनिष्ट नेता पुगेकै हुन । गृहको जासुसी खर्च कम्युनिष्ट विरुद्ध प्रयोग हुने गथ्र्यो । आफ्ना कार्यकर्ता पाल्न पोस्न त्यो कोष प्रयोग हुन्थ्यो । जनताले अस्पतालमा उपचार सहज रुपमा पाउदैनन । तर नेताको उपचारमा राज्यले लाखौं खर्च गर्ने परिपाटी भने यथवत छ । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको लूटलाई देखेर आफू राष्ट्रपतिवाट विदाई भएकी विद्या भण्डारीको सुविधा परित्यागले डाक्टर यादवलाई चुनौती थप्छ थप्दैन । उप प्रम श्रेष्ठका निर्णयले भने भष्मशुरहरुलाई चुनौती दिएको छ ।