Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै दिन चालु खर्चका लागि ८ अर्ब भुक्तानी

काठमाडौं। सोमबार मात्रै चालु शीर्षकमा सात अर्ब ७१ करोड भुक्तानी भएको छ। सरकारको आम्दानीको तुलनामा खर्च झन बढेको हो ।
चालु शीर्षकमा सामाजिक सूरक्षा (वृद्ध भत्ता) तलबभत्ता लगायतमा भुक्तानी जाने गर्दछ । यो शीर्षकमा एकै दिन ठूलो रकम भुक्तानी हुँदा सरकारी खाता थप ऋणात्मक भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार कर, गैरकर, विदेशी अनुदान र अन्य आम्दानीले चालु खर्च समेत धान्न सकेको छैन् । तिनै शीर्षकमा सोमबारसम्म छ खर्ब ६० अर्ब रुपियाँ जम्मा हुँदा चालु शीर्षकमा छ खर्ब ६१ अर्ब रुपियाँ भुक्तानी भइसकेको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिना २० दिनमा सरकारको खाता एक खर्ब ८७ अर्बले ऋणात्मक हुन पुगेको छ । चालु खर्च धान्न समेत सरकारले ऋण लिइरहेको छ । वैदेशिक ऋणमा उल्लेख्य प्रगति गर्न नसकेको सरकारले महँगो ब्याजको आन्तरिक ऋण उठाइरहेको छ । चालु वर्ष दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिइएको छ।
सरकारको कुल खर्च आठ खर्ब ४८ अर्ब २० करोड रुपियाँ भएको छ । यस्तै प्राप्ती छ खर्ब ६० अर्ब रुपियाँ मात्रै छ ।