Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५.५४ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । सोमबार शेयर बजारमा झिनो सुधार देखिएको छ । तर नेप्से थोरै उकालो चढे पनि कारोबार रकम भने फेरि एक अर्ब भन्दा तल झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५.५४ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४४.०२ अंकमा उक्लिएको छ ।
आज २६१ कम्पनीका २९ लाख ६० हजार ८ सय ६३ कित्ता शेयर किनबेच हुँदा ९१ करोड १९ लाख ७६ हजार ४९.१२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज सानिमा मिडिल तमोर हाइड्रो र कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । सानिमा मिडिलको आजैबाट कारोबार शुरु भएको हो ।
त्यसैगरी आज ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.५४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ८४ लाख १८ हजार ६ सय ४३।३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार २८.३१ अंकले घट्दा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४ सय ११.७२ रुपियाँ बराबरको कारोबार भएको थियो ।