Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुधार्न चाहे पनि घेरिए प्रधानमन्त्री

बिचौलिया र माफियाबाट जोगिनै मुस्किल
काठमाडौं । मिलिजुली सरकार भए पनि देश र जनताका निम्ति केही दिने उद्देश्य लिएर एमालेका अध्यक्षको अहंकारी स्वाभावबाट बिच्किएर संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरण गर्ने अठोट लिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारदेखि बालुवाटारसम्म बिचौलियाहरुले घेर्न थालेका छन् । जनताले आशा गरेको प्रधानमन्त्रीलाई नै माफियाले घेर्न थालेपछि पार्टीभित्र समेत खैलाबैला मच्चिएको छ । प्रधानमन्त्रीसँग भेट गराइदिने भन्दै पार्टी कार्यकर्ता र गल्लाहरु निवास र सचिवालयमा थुप्रिन थालेपछि कर्मचारीहरु समेत आत्तिएका छन् । केही गल्लाहरुले सचिवालयका कर्मचारीहरुलाई धम्की समेत दिएको थाहा भएको छ । मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यलय र सचिवालयमै कर्मचारीको सुरक्षा हुँदैन भने जनताको अवस्था के होला ? माओवादी निकट सूत्रकाअनुसार काँग्रेस र एमालेका प्रम भएका बेला सचिवालय र मन्त्रालयमा जुन अवस्था थियो माओवादी अध्यक्ष प्रधानमन्त्री हुँदा पनि अवस्था फेरिएको छैन । प्रधानमन्त्रीलाई भेट्न जाने मान्छे तिनै हुन् जो हिजो बिचौलिया र माफियाका रुपमा परिचित थिए । देशको राजनीति परिवर्तन जनताका लागि भन्दा माफिया र दलालका लागि भएको सन्देश काँग्रेस र एमालेले दिए जस्तै माओवादी अध्यक्षको नेतृत्वमा बनेको वर्तमान सरकारले पनि त्यही बाटो लिने हो भने मुलुकको अवस्था कस्तो होला ? हिजो प्रचण्डका सचिवालयका जोखबहादुर महरालाई मारवाडीको संज्ञा दिने माओवादी कार्यकर्ताहरु आज तिनै महरा लुम्बिनी प्रदेशको मन्त्री बनेको हेरिरहेका छन् । जसको सिफारिशमा मात्र होइन आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सहज हुन्छ । जनताले प्रधानमन्त्रीबाट ठूलो आशा गरेका छन् । यो गठबन्धनलाई असफल पार्न विपक्षी नेता हात धोएर लागेको बेला सरकारको ठूलो दल नेपाली काँग्रेस भने घर पोलेर घुर तापिरहेको छ । प्रधानमन्त्रीको सचिवालय र निवासमा काम लिएर जाने काँग्रेस सभापति शेरबहादुर देउवाको नाम बेच्नेहरु पनि छन् ।
प्रधानमन्त्रीको हुटहुटी
आखिर दलहरूबीचमा सत्ता सहकार्य केन्द्रमा जस्तो छ प्रदेशमा पनि त्यस्तै छ । वामपन्थी सहकार्यलाई जोड दिँदा जसरी काँग्रेस पुस २६ गते संघीय सरकारका प्रधानमन्त्रीलाई साथ दियो त्यस्तै चरित्र त नेकपा एमालेले पनि देखायो । सम्वृद्धि र विकास सबैको एउटै धारणा छ । तर नेताका योजना सरकारका काम सार्वजनिक स्थलका समस्या र तीनको समाधानलाई प्रधान मान्नु पथ्र्यो ।
प्रधानमन्त्रीले आफ्नो कार्य योजना एक सय दिनको उपलब्धि प्रचार गराएअनुसार राहदानी विभाग र यातायात व्यवस्था कार्यालय एकान्तकुना परिवर्तनमा छैन । टोकन प्रणाली लागू नहुँदाको यो भद्रगोलमा सुधार छैन । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता काम उस्तै छ । सिष्टममा कतै शासन चलेन । नेपालको अहिलेको स्वरूप भद्रगोल छ । मुखले सुधारको कुरा आउँछ व्यवहारमा उत्रने कर्मचारी हो । त्यो क्षेत्रमा कतै जिम्मेवारी देखिँदैन । राज्य पतनको यो श्रृखला उस्तै छ ।
उपप्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काम राम्रो गर्दै थिए भौतिक पूर्वाधारबाट उनी गृहमा सरे । उनको पनि काम गराई चर्को छ । आश वामपन्थीहरूबाट गरिन्छ । नेपाली काँग्रेस आफ्नो भागका ८ मन्त्रालयमा ४ मन्त्रालयमा मन्त्री पठाएको छैन् । प्रधानमन्त्रीसँग सात मन्त्रालय रहेका छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी र काँग्रेसले ती मन्त्रालय पाउनेछन् । प्रधानमन्त्रीलाई कामको हुटहुटी छ, तर प्रशासन यही हो । कर्मचारीमा दलगत प्रभावका कारण सरकारलाई असफल बनाउने मन्त्रीलाई असहयोग गर्ने काम सिहंदरबार भित्रबाट नै भएका छन् । रिती, संस्कार, विधिक, प्रकृया भन्ने कामका इमान्दारीता र कर्तव्यनिष्ठ भएकाहरूलाई यो स्थितीले निरास मात्र बनाउँछ ।

ओलीको सुझावमा ज्ञानेन्द्र झापा पुगे
राजकाजबाट बाहिरिएको १४ वर्षपछि व्यापारी घरानाका पूर्वराजा सार्वजनिक दौडधुप गर्दैछन् । ज्ञानेन्द्रलाई झापामा पु¥याउने काम मेडिकल व्यवसायी दुर्गा प्रसाँईले गरेका थिए । बाहिर देखिँदा दूर्गा प्रसाँइ भित्रभित्र संघियता खारेज गरेर राजा ल्याउनु पर्छ पूर्व युवराज पारसलाई बाबु अगाडि बढ भन्ने एमाले अध्यक्ष केपी नै हुन् । प्रसाँईले राष्ट्र बैङ्कबाट ५४ जना नेता र व्यापारीले पैसा नेपालबाट वैंकक पु¥याएको त्यहाँ १२ जना नेता पनि भएको बताएका छन् । माओवादीको आन्दोलनले स्थापना भएको संघियताले समाजमा अराजकता र छाडापन भिœयाएको महशुस हुँदैछ । सिहदरवारको एकल हैकम प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको छ । जनताले जन्म दर्ता, मृत्यु दर्तामा शुल्क तिर्दैन । तर कुनै सिफारिस लिनु पर्दा रु ५ सयदेखि १५ सयसम्म तिर्नु परेको छ । राजनीति वडा तहदेखि संसद र मन्त्रीसम्म समाजसेवा भएन । सबैतिर व्यापार भएको छ । संघियताको गलत पक्ष यही हो । प्रसाँई आफैंले पूर्व युवराज पारश शाहसँग टेलिफोन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई धर्म बचाउने अभियानको प्रमुख आतिथ्यता ग्रहण गरिदिन आग्रह गरेको बताईरहेका छन् । एमालेको केन्द्रीय सदस्य समेत भएको बेला प्रसाँईले केपीकै सल्लाहमा पूर्वराजालाई झापा उतारेका हुन् । प्रसाँई जस्ता आर्थिक अराजकको कुरा पत्याएर झापा पुगेका पूर्वराजालाई निष्ठावान पूर्वपञ्च केशरबहादुर विष्टको अगुवाइमा इटहरिमा नागरिक अभिनन्दन समेत भयो ।
पूर्व राजाको चहल–पहल, रवि लामिछाने, सिके राउतहरूको संसदीय बाटोसम्मले लोकतन्त्रको प्रयोग कसले कसरी ग¥यो त्यो देखिँदैछ । ज्ञानेन्द्रले संविधान मान्दिन भनेका छैनन् ।


सम्बन्धित समाचार