Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षद्वारा बहिस्कार

काठमाडौं । सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा सहमति हुन नसकेपछि अपराह्न ४ बजे बसेको बैठक पौडेलसहितका नेताहरुले बहिष्कार गरेका हुन् । बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र प्रवक्ता विश्वप्रकाश शर्मा लगायत देउवा पक्षीय सदस्यहरु सहभागी छन् । उहाँले एकलौटी रुपमा पार्टी चलाउन खोज्दै हुनुहुन्छ, वरिष्ठ नेता पौडेलले भने, त्यो हामीलाई मान्य छैन ।
हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पु‍र्‍याउने संस्थापन पक्षले तयारी गरेपछि संस्थापनइतरका नेताहरुले विरोध जनाएका हुन् । बैठकका लागि नेताहरु केन्द्रीय कार्यालय सानेपा पुगेका थिए । तर महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउन पार्टी सभापति शेरबहादुर देउवा सहमत भएनन् ।


सम्बन्धित समाचार