Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई पेबाट पैसा पठाउने र पाउने दुबै जनालाई उपहार योजना

काठमाडौं । ‘आइएमई पे’ले वालेट टुवालेट ट्रान्सफरलाई प्राथमिकता दिदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भदौ २६ गतेसम्म चल्ने सो अफरमा ग्राहकले आइएमई पेमा वालेट टु वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच हेयलोउ आरटिएलएस ०५५० जित्ने मौका पाउने छन् ।
सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।
यस अफर अवधिभर वालेट टु वालेट ट्रान्सफर गर्नु हुने सम्पूर्ण ग्राहकहरुले सो पुरस्कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकमा वालेट टु वालेट ट्रान्सफर पि टु पि सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विधुत्तीय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।