Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो ।
मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।
नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।


सम्बन्धित समाचार