Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ । संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउनेबारे अहिले विहान ९ बजे उनीहरुबीच बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने शिर्ष नेताहरुको तयारी रहेको छ । विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल