Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भ्रष्टाचारको चर्को विरोध रैथाने ठूला दलहरूको कमिशन र बिचौलिया मोहले उम्लेको जनतालाई प्रभावमा पार्दै भ्रष्टाचारी विरुद्ध दोहोलो काड्ने राष्ट्रिय स्वतन्त्र पार्टी आफैं नांगिएको छ । त्यो पार्टीका पोखरेली सांसद ढाकाकुमार श्रेष्ठले पार्टी सरकार जाने तयारी गर्दैगर्दा मेडिकल माफिया दुर्गा प्रसाईसँग रु २ करोड मागेको भिडियो एकाएक सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठको सांसद पद पनि खोसेको छ । श्रेष्ठको ठाउँमा बिन्दा बासिनी कंसाकारलाई सिफारिश गरेकोे छ । दलीय भ्रष्टाचार र बेथिति विरुद्ध स्थानीय तहमा हर्क साम्पाङ, बालेन शाह, गजेन्द्र हमालको उदयले राष्ट्रिय राजनीतिमा उदाएको रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी संसदमा प्रवेश गरेको छ महिना नपुग्दै सत्तालिप्साबाट ग्रस्त भएका छन् । ती दलले मन्त्रालय रोज्ने रवैया देखाएपछि संसदमा जुन जोगी आए पनि कानै चिरेका भन्ने देखियो । सरकार बनेको ५ महिना पुग्दा समेत मन्त्रालयको भागवण्डाले दलरुको चरित्र देखायो । व्यवस्था होइन नेतृत्व बदमास भएकोले सरकारको सक्रियता देखिएन । सरकारको सबै जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको काँधमा थोपरिएका छन् । कुनै पनि दल र नेताले पार्टीको दायित्व र जिम्मेवारी बुझेनन् । एकैचोटी गु्म्सेका समस्या छरपस्ट भएका छन् । यही बेला मिटर ब्याज, साहुकर, हरूवा चरुवाहरूको आन्दोलन चर्को छ । काठमाडौंका मेयरले सिंहदरबारको फोहोर नउठाउने धम्की दिने, स्थानीय तहमा कार्यकारी पठाउँदा आफ्ना रोज्ने, लोकसेवाले खटाएका कर्मचारीलाई काम नदिने, अयोग्यबाट काम लिने जस्ता गलत प्रवृत्तिले सबैतिर विकृति बढाएको छ । यस्तो बेलामा स्वास्थ्यमन्त्री हाम्रो पार्टीलाई आउने भयो २ करोड चाहियो भन्दै दुर्गा प्रसाईसँग पैसा माग्ने काम भएको भिडियो उनै दुर्गा प्रसाईले सार्वजनिक गर्दा डाकाकुमार श्रेष्ठको सांसद पन खोसिएको छ । उनी रास्वपाको साधारण सदस्य समेत रहेनन् ।
नियोजित रूपमा बदनाम
पार्टीको नाममा पैसा उठाउने कोर टिमभित्र ढाकाकुुमार श्रेष्ठ, डोलप्रसाद अर्याल, निकिता लामिछाने पौडेल र दीपक बोहोरा रविको पार्टीको कोर टिम भएको तीनै दुर्गा प्रसाईले बताएका छन् । रविको पार्टीलाई बदनाम गर्न अनेक शक्ति र समूह खडा छन् । सञ्चारकर्मी भएका बेला रविको समूहले आफूसँग २५ लाख मागेको आफूले पैसा नदिएपछि मेडिकल माफिया भनेर खेदेको प्रसाई बताउँछन् । उनी मेडिकल शिक्षा सुधारमा लागेका डा. गोविन्द केसीको आन्दोलनले स्वास्थ्यक्षेत्र तहसनहस बनेको बताउँछन् । अहिले केसीकै कारण मेडिकल शिक्षामा एमडी गर्न नेपलामा सहज नहुँदा आफ्नी छोरीलाई विदेशमा एमडी गर्न पठाउने तयारी गरेका गोपिलाल न्यौपाने बताउँछन् ।
रविको नाउमा ठगी
रवि गृहमन्त्री भएपछि रामकृष्ण थापा, तीर्थराम बज्राचार्य, दीपेश पुनसम्मले नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनासम्ममा जागिर लगाइदिने भनेर लाखौंलाख ठगेका छन् । यो गिरोहले सेनामा भर्ति खुल्दा हाकिमको कोटामा भर्ति गर्ने भन्दै प्रतिव्यक्ति ३ लाखसम्म उठाएको रहस्य पनि यही बेला खुल्दैछ । ठगिनेहरू श्रीमान् सशस्त्रको प्रहरी भएकाको श्रीमती पनि छन् । चुनाव अगाडिबाट यस्ता ठगी हुन थालेका रहेछन् । मेची पुलमा रविको समूहले पैसा उठाएको दाबी तिनै प्रसाई गर्छन् । प्रसाईले ग्यालेन्सी फोरके टेलिभिजनमा रविको ठग गिरोह सक्रिय भएको बताएकै छन् । यो ठगीमा बेरोजगारलाई शसस्त्रमा रोजगार दिन ड्रेस समेत किनाएको समाचार समेत आएको छ । रिपोटर्स क्लबमा नेपालगञ्जबाट आएकी महिलाले दिएको जानकारीअनुसार रास्वपा सरकारमा जाने भन्दै ठगी गरेको अवस्था छ । उनीहरूलाई विश्वासमा पैसा पठाउनेहरूले किरण शाही ठकुरीले आफू सेनाको जर्नेलबाट अवकाश पाएको बताएको छ ।
पैसा उठाउने रामकृष्ण थापा १५ लाख, दिपेश पुन ७० लाख ५० हजार बुझाउनेले माघ २२ फागुन २२ मा बैङ्कमार्फत् रकम लिएका हुन् । अहिले उनीहरू सबैको फोन बन्दछ । सञ्चारकर्मी भएकै बेला केही सामाजिक काम पनि गरेका कारण राष्ट्रिय राजनीतिमा रवि उदाएका हुन् । विकृति विरुद्धको उनको आवाज राजनीतिमा कानुनी ख्याल नगर्दा नागरिकता र राहदानी काण्डमा फसेर सांसद र गृहमन्त्री पद गुमाएका थिए । अहिले उपचुनावको बेला उनकै सांसद २ करोड काण्डले पद विहीन भएका छन् भने रास्वपा १ को ठाउँको बदलामा ३ सांसद थप्ने दाबी गर्दैछ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल