Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति पौडेलको थप उपचार भारतमा हुने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पौडेलको यहाँ उपचार हुन नसक्ने अस्पताल स्रोतले बताएपछि थप उपचारका लागि भारत लैजाने तयारी भएको हो । उनको मंगलबार नै बायाँ छातिको तल्लो भागबाट एक्सरेको सहायताले पानी निकाएर परीक्षण गरिएको थियो ।