Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डका घरवेटीले पुर्याए दुर्गममा पाठ्यपुस्तक

काठमाडौं । शैक्षिकसत्र शुरुभएसँगै पाठ्यपुस्तक पाउँदा दूरदराजका विद्यार्थी दंग परेका छन् । सरकारले पहल गर्दा नहुने के नै छ र । शैक्षिक सत्र शुरु भएको आठ÷दश महिनापछि पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्दाको पीडा यस पटक देशभर कसैले गर्नु नपर्ने दाबी सरकारको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शैक्षिक वातावरणलाई परिणाम मुखि बनाउन लागि परेअनुरुप पाठ्यपुस्तक बेलैमा विद्यार्थीको हातमा पुगेको हो । पाठ्यपुस्तकको विषय–सामग्री निर्माण, छपाई तथा वितरण प्रकृयालाई तिब्रता दिँदै समय मै पाठ्यपुस्तकहरु देशको कुना कुना मा पु¥याउन थालिसकिएको छ । पाठ्यपुस्तक वितरणमा देखिएको यो तदारुकताले विद्यार्थी, शिक्षक र अभिभावकलाई निकै सहज बनाएको छ । पाठ्यपुस्तक छपाई तथा वितरण प्रकृयामा सरकारले निजी क्षेत्रसँग पनि साझेदारी गरेपछि समयमै पाठ्यपुस्तक गाउँ गाउँमा पु¥याउन सम्भव भएको हो । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका १३ प्रमुख छापाखाना मध्ये अहिलेसम्म सबै भन्दा बढी पुस्तकको छपाई तथा वितरण समा प्रेस ललितपुरले गरेको छ । शिक्षा मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र लगायतदेश भरीका करिब ९० बितरकहरुको सञ्जालसँगको समन्वयमा आफ्नो वितरक संयन्त्रलाई परिचालन गर्दै यस समा प्रेसले दुर्गम जिल्लाहरु सोलुखुम्बु, सल्यान, रोल्पा, जुम्ला, मुगु, डोल्पा जस्ता दुर्गम स्थानहरुमा समयमै पुस्तक पु¥याउने लक्ष्यराखेर वितरण कार्यलाई तिब्रता दिएको छ । ५ लाख ५० हजारसेट पुस्तकहरु तयार भई धमाधम वितरण भइरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको घरवेटीका रुपमा चिनिएका व्यवसायी शारदाप्रसाद अधिकारीले संचालन गरेको समा प्रेसले शिक्षा सुधार अभियानमा भुमिका निर्वाह गरेको दाबी गरेको छ । उक्त प्रेसका प्रमुख अतुल पाण्डेले अहिले आफ्नो दायित्वमा परेका पुस्तक प्रकाशन गरेर धमाधम वितरण भइरहेको र माग भएको खण्डमा आगामी दिन थप पुस्तक प्रकाशनको तयारीमा प्रेस रहेको बताएका छन् । देशभर प्राथमिक तहका विद्यार्थीका लागि २४ लाख १४ हजार सेट पुस्तक आवश्यक पर्ने सरकारी तथ्यांक रहेको छ ।