Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९, ८० को तेस्रो त्रैमाससम्म ४ अर्ब ३५ करोड रुपियाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमाण्डूलाई मर्ज गरेको बैंकले आज अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको समीक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ७२ करोड रुपियाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९६ करोड २६ लाख रुपियाँ भने ६ अर्ब ६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड भएको छ ।
बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब कर्जा परिचालन गरेको छ ।
चुक्तापुँजी ३५ अर्ब ७७ करोडको बैंकको रिजर्भको आकार भने ७८.११ प्रतिशतले बढेर १९ अर्ब ६ करोड पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात एनपीएल बढेर ३।९६ प्रतिशत पुगेको छ । बैंकको ईपीएस घटेर १७.०८ रुपियाँ कायम भएको छ । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५.९९ रुपियाँ रहेको बैंकले आज प्रकशित रिपोर्टमा उल्लेख छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल