Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रभु बैंकले चालु आव २०७९,८० को तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेको बैंकले आज अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको समीक्षा अवधिमा १ अर्ब ७५ करोड खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक छ । बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपियाँ भको छ । २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको छ ।
चुक्तापुँजी २३ अर्ब ५४ करोड रहेको बैंकको रिजर्भको आकार भने ८९.९९ प्रतिशतले बढेर १० अर्ब २७ करोड पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात एनपीएल बढेर ३.४८ प्रतिशत पुगेको छ । ईपीएस घटेर ११.०७ रुपियाँ कायम भएको छ । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४२.८५ रुपैयाँ बैंकद्वारा प्रकाशित रिपोर्टमा उल्लेख छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल