Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइखोला हाइड्रोपावरको आइपीओ आजबाट

काठमाडौं। माइखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गरेको छ। कम्पनीले सर्वसाधारणमा करिब १२ लाख ७० हजार कित्ता आइपीओका लागि दरखास्त खुलाएको हो।
कम्पनीले आयोजना प्रभावित, वैदेशिक रोजगारीमा गएका नेपाली तथा सामीहिक लगानी कोष र कर्मचारीहरुलाई सेयर जारी गरिसकेको छ। हाइड्रोपावरको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार छ। यसको ४९ प्रतिशत सेयर जारी भएको कम्पनीले जानकारी दिएको छ।
उक्त सेयरमध्ये कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ९२ लाख बराबरको ३ लाख ९२ हजार १५७ कित्ता प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दामा निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ।
बाँकी ३९ प्रतिशत साधारण सेयरमध्ये सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएको छ ।
यस्तै ५ प्रतिशतले हुन आउने ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोष योजनाका लागि र २ प्रतिशतले हुन आउने ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखिएको छ।
त्यसबाहेक बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता आजदेखि सर्वसाधारणमा सार्वजिनक रुपमा निष्कासन गरिएको हो।
उक्त सेयर खरिदका लागि सर्वसाधरणले छिटोमा वैशाख १२ गतेसम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे कम्पनीले सेयर निष्कासन मिति वैशाख २४ गतेसम्म लम्ब्याउने उल्लेख गरेको छ।
कम्पनीको उक्त सेयरमा अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने जनाईएको छ। सेयरको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ।