Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य केही बढेको छ । अघिल्लो दिनभन्दा तोलामा चार सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। बुधबार तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको चाँदी त्यसयता उतारचढाव भएको छैन।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुन उकालो लागेको छ। शुक्रबार सुन प्रतिऔंस २०००.६४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २५.१७ डलर छ। बिहीबार सुन प्रतिऔंस १९९२.४४ डलर र चाँदी प्रतिऔंस २५.०७ डलरमा कारोबार भएको थियो।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल