Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे रवि

काठमाडौं । विकल्पहिन राजनीति गर्दै आएका पुराना दललाई चुनौती दिँदै रवि लामिछानेको पुनः उदय भएको छ । चितवन २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले मंसिर ४ मा भएको निर्वाचनमा प्राप्त गरेको मतलाई समेत उछिनेका छन् । गत निर्वाचनमा लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गरेका थिए भने उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए । यस उपनिर्वाचनमा करिब १५ हजार मत गणना बाँकी रहँदा लामिछानेले ५० हजार मत कटाएई सकेका छन् । भर्खरै सार्वजनिक मत परिणम अनुसार लामिछानेले ५० हजार २९ मत प्राप्त गरि आफ्नो जित पक्का गरेका छन् । लामिछानेलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ९ हजार १६५ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् । यहाँ लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ पुगेको छ ।