Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विकल्प सकिएपछि समातिएका रवि

  • अर्जुन ज्ञवाली

नेपाली राजनीतिमा सबैभन्दा पुरानो दल नेपाली काँग्रेस र १० बर्षको हिंसाको बिरासतमा आएको माओवादी (केन्द्र) ले एक्लै निर्वाचन लड्ने हैसियत गुमाइसकेका छन् । साङगठनिक रूपमा नेकपा एमाले ब्यवस्थित देखिए पनि जनताको आकर्षण छैन । संघीयता र धर्मनिरपेक्षता जस्ता आयातित एजेन्डा विरुद्ध हामी र हाम्रो बिचार समूहले जनस्तरमा बाइबल र माओवाद, बिपि बाइबल र काँग्रेस पुस्तक र बिचार मार्फत स्थापित गरेको एजेन्डालाई दरबारिया पश्चिमा र आरएसएसको संयुक्त योजनामा धुमिल पार्ने प्रयत्न गरिएको छ । सुरुमा माओवादी हिंसामा युरो÷इसाई मिसनमा सामेल चर्चमण्डलिका अध्यक्ष केबि रोकायलाई अगाडि लगाएका दरबारिया पश्चिमाहरूले राप्रपामा रबिन्द्र मिश्रलाई भिœयाएर पास्टर बिना लामालाई संघीय सांसद बनाउँदै भ्याटिकन सिटीप्रति देखाइएको बफादारिता भद्दा मजाक थियो । धर्म धारण गर्ने कुरा हो, मजाग गर्ने कुरा होईन । तर दरबारिया अतिबादी दक्षिणपन्थीहरूले यसलाई पश्चिमालाई केन्द्र मान्दै त्यहीँ केन्द्र वरिपरि एम्बुस थापेर उठेको जनमतलाई कुल्चने प्रयत्न गर्दै आइरहेका छन् । अहिले उपनिर्वाचनमा देखिएको परिणाम पनि त्यही हो । केबि रोकाय र कमल थापालाई हामी र हाम्रो बिचार समूहले नांगेझार बनाइसकेको अवस्थामा राजेन्द्र लिङ्देनको उदय पास्टर बिना लामा र प्रचण्डको सरकारमा गएर अवशान भएको छ । विगतमा जसरी कमल थापाले हिन्दू एजेन्डालाई बदनाम गराए अहिले राजेन्द्र लिङदेनको राप्रपाले पनि त्यही मार्ग पछ्यायो र एजेन्डा खोजिरहेका जनतालाई निराश बनायो । यो निराशा कहीं न कहीं गएर वितृष्णाका रूपमा पोखिनु थियो त्यो पञ्चायतकालको अन्त्यतिर नानिमैया दाहाल र पद्मरत्न तुलाधरलाई पोखिएजस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टीमा पोखियो ।
यस्तो अवस्थामा एजेन्डा बिहिन काँग्रेस, एमाले र माओवादी आराजकतावादबाट वितृष्णा भएको जनमतलाई दाताको सहयोगमा रबि लामिछानेको आवरणमा हिजो माओवादी हिंसालाई सहयोग गर्ने देशीविदेशी शक्ति केन्द्र क्यास गर्न आइपुगे । काँग्रेस, एमाले, राप्रपा, कथित तराईमा उदय दलहरूले यसको प्रतिबाद गर्ने हैसियत गुमाइसकेका छन् । यो अवस्थामा एजेन्डा नभएपछि पपुलिजमले काम गर्दछ । नयाँ दलहरूमा तृणमुल मार्फत भरत दाहालको नेतृत्वले बैचारिक रूपमा भूगोलमा एजेन्डा लैजान नखोजेको होईन तर दाता र देशीविदेशी इन्डो÷पश्चिमा शक्तिको बोलवाला भएको समयमा बिशुद्द रूपमा अघि बढ्न सक्ने अवस्था थिएन । काँग्रेस, एमाले, माओवादीको विकल्पमा दाताहरूले बाबुरामको नयाँ शक्ति र साझा बिबेकशिललाई अगाडि बडाउन नखोजेका होइनन् तर त्यसमा नपाएको सफलता अहिले घण्टी चिन्ह भएको पार्टीबाट पाइरहेका छन् । यहाँ सम्मकी एमाले बाहेक काँग्रेस माओवादी माधब नेपाल उपेन्द्र गठबन्धन हुँदा पनि उनीहरूको नराम्रोसँग पराजय भइरहेको छ । उपनिर्वाचनको परिणामले अहिलेको सरकारलाई गणितमा तलमाथि नपारे पनि यसले विशेष गरेर काँग्रेस विघटनको आधार निर्माण गरिसकेको छ । अब कम्युनिष्ट र राजाप्रति वितृष्णा भएका काँग्रेसीहरूलाई विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भइसकेको अवस्थामा काँग्रेस रहिरहन आवश्यक भएन । जहाँसम्म अमेरिकी साम्राज्यवादको आड भरोसामा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीमाथि उठेको प्रश्न छ, काँग्रेस पनि अमेरिकी साम्राज्यवादकै आड भरोसामा स्थापित पार्टी हो । २०१५ सालको निर्वाचनमा बीपी कोइरालाले तत्कालिन समयमा अमेरिकी सरकारद्वारा मोटो रकम लिएर चुनाव लडेको कुरा सार्वजनिक भइसकेको छ ।
अहिले राष्ट्रिय स्वतन्त्रपार्टीप्रतिको आकर्षण बिचारबिहिन राजनीतिको परिणाम हो । अहिलेको पुस्ता ०३६, ४६ र ०६२ को जस्तो क्याम्पसमा ढुङगा हानेर मानिस मारेर आएको पुस्ता होईन । सूचना, सञ्चार र खुल्ला समाजमा उनीहरूले पुराना दलहरूको ३३ बर्षको शासनको परिणाम हेरेका छन् त्यसैको बिद्रोह घण्टी पार्टी बन्न गयो । काँग्रेसको कम्युनिस्ट र महेन्द्र बिरोधि स्कुलिङको विषालु विचारमा हुर्किएको जनमत कम्युनिष्ट र राप्रपा दुबै बन्न नसकेकोले काँग्रेसमा दबिएर रहन बाध्य थियो । कम्युनिस्ट र राप्रपा भन्दा बेग्लै स्वतन्त्र पार्टीको उदयले अब काँग्रेसमा पेलिएर बस्नु परेन । यसकारण अब काँग्रेसको बिकल्पमा स्वतन्त्र पार्टी बैकल्पिक प्लेटफर्म बन्नगयो । तनहुँको उपनिर्वाचनमा बीपी कोइरालाबाट पार्टीको सदस्यता लिएका गोविन्दराज जोशीको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भएको समर्थन उनको व्यक्तिगत समर्थन मात्रै होइन । बीपी विचारको व्यानरमा जोशी समूहको संगठन देशव्यापी रूपमा छ । सम्भवत यस प्रकारको संगठन मौजूदा रहेको अवस्थामा आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र जोशी काँग्रेसहरूको तनहुँबाट शुरु भएको गठबन्धन देशव्यापी बन्यो भने देउवा काँग्रेस बुढानिलकण्ठमा सीमित हुन बेर लाग्ने छैन । त्यसको सुरुआत तनहुँबाटै भएको छ । इन्डो÷पश्चिमा मिसनको काँग्रेस र स्वतन्त्र पार्टीमा नितिगत रूपमा खासै भिन्नता छैन । यो अवस्थामा आजको स्पिड कायम राख्न सक्यो भने स्वतन्त्र पार्टीले काँग्रेसलाई राम्रै धक्का दिने देखिन्छ । राप्रपाले पास्टर बिनालामा एमालेले युनिफिकेशन चर्चसँग आवद्ध एकनाथ ढकाललाई दायाँबायाँ राखेर हिँडिरहेको अवस्थामा वैदिक सनातनिहरूले यी घेराभन्दा बाहिर रहेर बैचारिक हस्तक्षेप बढाउनुनै बुद्धिमानी हुनेछ । काँग्रेसले यदि धर्मनिरपेक्षता र औचित्यहिन संघीयताको एजेन्डा करेक्सन गरेन भने माओवादी त करिब करिब किनारा लागि सकेको छ काँग्रेस पनि किनारा लाग्नेछ । माओवादी कमजोर हुनु एमाले बलियो हुनु भएजस्तै स्वतन्त्र पार्टी बलियो हुँदै जानु काँग्रेस कमजोर हुनुहो । राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष केपी ओलि बैशाख १० को उप निर्वाचनमा चितवन र तनहुँका चुनावी सभामा उपस्तिथि नजनाएर अघोषित रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ढाडस दिँदै काँग्रेसलाई सन्देश दिइसकेका छन् । यदि काँग्रेसले धर्मनिरपेक्षता र संघीयताको एजेन्डाविरुद्ध माओवादी र माधव नेपाललाई छाडेर एमालेलाई हिँडाएर सहकार्य गरेन भने विघटन निश्चितछ ।
रबि लामिछाने प्रतिनिधि पात्रमात्रैहुन नितिगत रूपमा काँग्रेस, एमाले, माओवादीसँग उनको प्रतिवाद गर्ने कुनै क्रार्यक्रम छैन । यश अर्थमा काँग्रेस, एमाले, माओवादी बनेर रबि र उनको दलको आलोचना गर्नुको औचित्य छैन । दरबार हत्याकाण्ड मार्फत बिरेन्द्रको वंशबिनास गरेर अमेरिकी साम्राज्यवादको हितको लागि कामगरेको नेपालको आर्मीले मात्रै अमेरिकी हित गर्न नसक्ने कुरा एसपिपिको खारेजीको पत्राचार र एमसिसिका ब्यख्यात्मक बुँदालेनै देखाइसकेको छ । यो अवस्थामा अमेरिकीहरूका लागी काँग्रेस पनि भरपर्दो हुन सकेन । त्यसैले विकल्पको रूपमा युक्रेनका जेलेन्स्किकै मोडेलमा रबिलाई अगाडि सारेर पार्टी गठन गरियो भने स्थानीय निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवार बिजय गराइयो । उनीहरूको कुनै निति एजेन्डा छैन केवल पुराना दलहरू खराब भन्ने भाष्य निर्माण गरेर अगाडि ल्याइयो । नयाँ गठन भएका यसप्रकारका दलहरूमा भरत दाहालले नेतृत्व गरेको तृणमुल दल बाहेक निति र एजेन्डामा कुनै पनि समूह छैनन् । पात्रको रूपमा रबि देखिएपनी यो काँग्रेसकै विकल्पको रूपमा गठन गरिएको हो । बाबुरामको नयाँ शक्ति, रबिन्द्र मिश्रको साझा बिबेकशिल चल्न नसकेपछि रबिको आवरण अगाडि आयो । मैदानमा हिन्दु राष्ट्रको एजेन्डा उठेपछि त्यसलाई पश्चिमा घेराभित्र कैद गर्न रबिन्द्र मिश्र नयाँ भुमिकामा राप्रपामा देखापरे । पास्टर बिना लामालाई संघीय साम्सद बनाएर राप्रपाले आफ्नो किता क्लियर गरिसकेको छ । बिरेन्द्रको वंशबिनास गरेर इन्डो÷ अमेरिकी कितामा उभिएको सेना र एमसिसि, एसपिपिमा अमेरिकी कितामा उभिएर भुमिका निभाएको सेनालाई अहिलेका काँग्रेस एमाले माओवादी पनि अमेरिकी हितअनुकुल नहुने भएपछि रबिको आवरणमा नयाँ पार्टीको अभ्यास शुरुभएको छ । स्वर्णिम वाग्ले मात्रै होइन बिस्तारै अमेरिकी किताका अन्य पार्टीभित्र रहेका सबै एजेण्टहरूलाई उक्त पार्टीमा केन्द्रित गरिनेछ । नेपालमा भैरहेको चीन अमेरिकी टकरावमा विरेन्द्रको हत्या गरेको सेनाको लागि अमेरिकी हरूलाइ युक्रेनका जेलेन्स्किकै जस्तो बफादार पार्टी चाहिएकोछ, त्यसैको अभ्यास रबिको आवरणमा भैरहेको देखिन्छ । पश्चिमाहरूका लागि अब करिब करिब कम्युनिष्ट ब्यानरको पनि औचित्य सकिएको छ । कम्युनिस्ट नेताहरू अमेरिकी एजेन्ट भएपनि जनमत देशभक्त चिन मैत्री भएकोले त्यो जनमत खण्डित गर्ने उद्देश्यपनि रहेको देखिन्छ । यो अवस्थामा संघीयता र धर्म निरपेक्षताको खारेजी सहित काँग्रेस÷एमालेले नितिगत एजेन्डा सहित आएनन् भने यिनको हालत कुनै समय सता र प्रतिपक्षी रहेका भारतको काँग्रेस आइ र भाकपा माक्र्सवादीको जस्तै हुनेछ । माओवादीको अब कुनै औचित्य छैन किनभने ऊ अब करिब करिब समाप्त भैसकेकोछ तथापि अहिलेलाई संसदको गणितमा औपचारिकरूपमा सतामाछ । आगामी निर्वाचन सम्म माओवादी किनारा लाग्नेछ । यो अवस्थामा वास्तविक देशभक्त धाराको निर्माणकार्य कठिनछ तर असम्भव छैन । त्यसको लागी बृहत अघोषित मोर्चाको जरुरी देखिन्छ ।


सम्बन्धित समाचार